- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गृहमन्त्रालयबाट भागेका डिएसपी सम्पर्कमा

April 26, 2018
1759
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

 

साढे ३३ केजी सुन बेपत्ता प्रकरण 

गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन समिति समक्ष बयान दिँदादिँदै मंगलबार भागेका डिएसपी सञ्जय राउत समिति सम्पर्कमा अाएका छन्।

- ADVERTISEMENT -

Advertisement

समितिले तथ्य केलाउन प्रयास गर्दा दोषी ठहर हुने देखिएपछि मंगलबार अात्तिएर भागेका उनी बुधबार समिति सम्पर्कमा अाएका हुन्। पक्राउ पुर्जी नदिइ बयान लिइरहेका बेला उनी साेमबार गृहमन्त्रालयबाटै बेपत्ता भएका थिए। त्यस लगत्तै प्रहरीले उनीविरूद्ध पक्राउ सर्कुलर जारी गरेकाे थियाे।

सुन तस्करका मतियार डिएसपी गृहमन्त्रालयबाटै भागेकाे विषय पेचिलाे बनेपछि प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न ७७ जिल्लाका प्रहरी इकाईमा सर्कुलर जारी गरेकाे थियाे। अाफूविरूद्ध पक्राउ सर्कुलर जारी भएकाे थाहा पाएपछि उनी समिति सम्पर्कमा पुगेका हुन्। बिहीबार बिहानैदेखि उनी गृहमन्त्रालयस्थित समितिकाे बयान कक्षमा छन्। बयान सकिएपछि अाजै उनलाइ थप कानुनी कारवाहीका लागि विराटनगर पठाइने स्राेतले बतायाे।

- ADVERTISEMENT -

Advertisement

साढे ३३ केजी सुन प्रकरणमा समितिले नियन्त्रणमा लिएका राउत दाेस्राे ठूला प्रहरी अधिकारी हुन्। उनी इलाका प्रहरी कार्यलय इटहरीमा कार्यरत थिए। यसअघि एसपी विकासराज खनाल पक्राउ परेका थिए। समितिले दाेषी ठहर गरेका एसएसपी श्यामबहादुर खत्री अझै सम्पर्कबिहीन छन्। समितिले प्रहरी प्रधान कार्यालयमार्फत उनलाई उपस्थित गराउन पत्राचार गरे पनि उनी सम्पर्कमा आएका छैनन्। अनुसन्धानमा दाेषी देखिएका सई बालकृष्ण सञ्जेल समितिले मोरङ प्रहरीको जिम्मा लगाएकाे छ। अर्का सइ गजेन्द्र रावलसँग बयान जारी छ।

यो प्रकरणमा फागुन १८ गते पक्राउ परेका तीन जनासहित सबैलाई एकै पटक अदालतमा मुद्दा बुझाउने तयारी समितिले गरेको छ। समितिले मुद्दा बुझाउने हदम्याद वैशाख २० गतेसम्म छ। बुधबार मोरङ प्रहरीले अदालतबाट २३ जनालाई अनुसन्धान गर्न ८ दिनको म्याद थप गरेको थियाे। नेपालखबर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com