२०८२ चैत २९, आइतबार
८:०४:१३ राति
- ADVERTISEMENT -

प्रहरीलाई छक्याउँदै रेशम चौधरी अदालतमा छिरेपछी ,

प्रकाशित मिति: २०७४ फागुन १४, सोमबार

1978
Shares

धनगढीः टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोप लागेर फरार रेशमलाल चौधरीलाई जिल्ला अदालत कैलालीले सोमबार पुर्पक्षका लागि कैलाली कारागार चलान गरेको छ ।
सोमबार बिहान चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । आफ्ना पार्टीका कार्यकर्तालाई समेत जानकारी नगराई आएका रेसम अदालतमा झुल्केपछि मात्रै उनीबारे सबैलाई थाहा भएको थियो ।
बिहान साढे १० बजे नै रेसम चौधरी आउने सुइँको पाएपछि जिल्ला अदालतमा प्रहरीले बाहिरबाटै प्रक्राउ गर्ने योजना बनाएको थियो। तर प्रहरीलाई छक्याउँदै चौधरी आफैँ मोटरसाइकल चलाएर अदालतमा झुल्किएका थिए ।
चार घण्टा बयान
रेसम चौधरीले अदालतमा आएपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले सोमबार चार घण्टा लामो बयान उनीसँग लिएको थियो ।
बयानका क्रममा रेशमले टीकापुर घटनाका बेला आफू टीकापुरमा नरहेको दाबी गरेका थिए । त्यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको बयान गरेका अदालत स्रोतले जनाएको छ ।
चार घण्टा लामो बयानपछि रेशमका तर्फबाट चारजना अधिवक्ताहरुले उनलाई साधारण तारेखमा छोड्न अपिल गरेका थिए । रेसम चौधरीको तर्फबाट कैलाली बार ईकाईका पूर्व अध्यक्ष गंगाराम पाध्याय, गजेन्द्र केसी, नाथुराम महतो र मिलन राईले बहस गरेका थिए ।
चारैजनाले रेसम टीकापुर घटनाको मुख्य योजनाकार नरहेको जिकिर गर्दै घटना भएको दिन रेसम टीकापुरमा पनि नरहेकाले साधारण तारेखमा छोड्न माग दाबी गरेका थिए ।
रेशमको पक्षका अधिवक्ताहरुले भारी मतान्तरले प्रतिनिधि सभा सदस्यमा जितेका रेसम सांसद भइसकेकाले पनि अदालतले साधारण तारेखमा छोड्न दलिल पेस गरेका थिए ।
फौजदारी अभियोगमा नजरअन्दाज हुँदैन
तर न्यायाधीश परशुराम भट्टराईको इजलासले जनमतको सम्मान गरिए पनि त्यसभन्दा अघिको फौजदारी अभियोगलाई पनि नजरअन्दाज गर्न नमिल्ने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।
मुख्य योजनाकार रेशम नै
यस्तै वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी र सहन्यायाधीवक्त द्वय नबीनकुमार भट्ट र भानदेव जोशीले बहस गर्दै पक्राउ परेका २५ मध्ये अधिकांशले रेशमलालाई मुख्य योजनाकार भनेर बयान दिएकाले उनलाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए ।
रेशमसहितका ५८ जनाविरुद्ध कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यान, डाँका चोरी र ज्यान मार्ने उद्योग गरी तीन वटा मुद्दा दर्ता गरिएको छ । उक्त अभियोग पत्रमा अहिले कैलाली कारागारमा रहेका राजपाकै नेता लक्ष्मण चौधरीसहितका ८-१० जनाले त्यो घटनाको मुख्य योजनाकार रेसम भएको बयान दिएको उल्लेख छ ।
२०७२ भदौ ७ गते भएको टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरिक्षक द्वय बलराम विष्ट र केशव बोहरासहित ८ जना सुरक्षाकर्मी र दुधेबालक टेकेन्द्र साउदको विभत्स हत्या भएको थियो । वादीपक्षले टीकापुर घटना राजनीतिक घटना नभएको र फौजदारी अभियोगमा जनमतलाई राजनीतिक अवरण बनाउन नहुने दलिल पेस गरेको थियो ।
रेशम टीकापुरमै नभएको जिकिर
रेशमपक्षका चार जना र सरकार पक्षका चारजनाको बहसपछि अदालतले गरेको आदेश सुनाउँदै श्रेस्तेदार ईन्द्रबहादुर कठायतले अर्को पेशी फागुन १६ गते हुने बताए । अदालतले चौधरीलाई मौकामा फरार रही आज उपस्थित भएका, अभियोजन पक्षको अभियोग दाबी पूर्ण इन्कार हुने गरी बयान दिएको हुँदा कसुरदार रहनेछन् भन भन्न नमिल्ने भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
‘किटानी जाहेरी दरखास्त, घटना मुचुल्का, लासजाँच मुचुल्का, शवपरीक्षण प्रतिवेदन घटनास्थलको साक्षी, घटनाको वस्तुस्थिति, पोलीग्राम परीक्षण र कल डिटेल जस्ता संलग्न धेरै प्रमाणहरू, ह्दयविदारक तथ्य, आधार र कारण को दफा १८ बमोजिम प्रमाण मान्न सकिने भएकाले उहाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ’ कैलाली जिल्ला अदालतले दिएको आदेशमा उल्लेख छ ।
अदालतको आदेशपछि चौधरीलाई प्रहरीले पक्राउ गरी कैलाली कारागार लगेको छ । कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरे सोमबार बिहानदेखि जिल्ला अदालत परिसरमा आफैँ खटिएका थिए ।
जनमतको अपमान भयो: रेशम
धेरै बेरसम्म अदालतको परिसरमा सञ्चारकर्मीलाई पनि प्रदेश गर्न दिइएको थिएन । तर पछि पालैपालो इजलासमा पनि जान दिइएको थियो ।
पुर्पक्षका लागि थुनामा पठाइएका रेशमलाल चौधरीले अदालत परिसरमै पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अदालतको आफू सम्मान गर्ने बताउँदै तर अदालतले आफूलाई थुन्न लगाएर जनमतको सम्मान नगरेको महसुस भएको बताए ।अन्नपूर्ण वाट ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16