प्रहरीको मोस्टवान्टेड सुचीमा रहेका मनोज पुन बुधबार एकाबिहानै मारिएको खबर आयो । हत्याको आरोपमा भाग्दै आएका पुन केही दिनयता मात्र नेपाल आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीको टोली भारतको गोवाबाट पुनलाई केही दिनअघि पक्राउ गरी ल्याएको बताइन्छ । लामो समयसम्म प्रहरीले पक्राउ गर्न खोजेपनि उनका १६ जना सहयोगी पक्राउ पर्दासमेत पुन पक्राउ पर्न सकेका थिएनन् ।
तत्कालीन युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको देवदहमा हत्या भएपछि मनोज पुन एकाएक चर्चामा आएका थिए। उनको वास्तविक नाम मनोज बुढा मगर हो। २०७३ पुस ४ गते देवदहको खैरेनीमा तिवारीमाथि गोली चलाउनसाथ उनले प्रहरी प्रमुखसहित पत्रकारहरूलाई फोन गरेर हत्याको जिम्मा लिएका थिए। त्यसयता प्रहरीले उनलाई फरार अभियुक्तको सूचिमा राखेर खोजी गरेको थियो।
पुन रुपन्देही देवदह नगरपालिका २ का बासिन्दा हुन्। उनी युथफोर्स गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्ष समेत भएका थिए। त्यसअघि र पछि उनी देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा संलग्न भए।
माओवादीका संगठित सदस्य देवदहकै शालिकराम चापागाईं लगायतसँग मिलेर उनले देवदह क्षेत्रमा सानातिना ठेक्कापट्टाको काम गर्थे। पाँच वर्ष अघिसम्म युथफोर्समा रहँदा पनि उनले फिरौती माग्ने, गुण्डागर्दी गर्ने जस्ता गतिविधि जारी राखेका थिए। युथफोर्सको आडमा अपराधिक काम गरेको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो। त्यसपछि उनी माओवादीको वाइसीएलसँग नजिक भए।
प्रहरीका अनुसार पुनले ०७२ फागुन २० मा दुर्गा तिवारीमाथि पहिलो पटक देवदहकै एक इटा कारखाना नजिकै गोली हानेका थिए। उक्त आक्रमणमा बचेका तिवारी ०७३ पुसमा सिकार बने। उनीमाथि गोली हानेको लगायत अन्य घटनाको अभियोगमा ०७३ जेठमा प्रहरीले पुनका सहयोगीहरु रुपन्देही देवदहका २७ वर्षीय शालिकराम चापागाईँ, नवलपरासी सुनवलका ऋषिराम घिमिरे, कास्कीका सन्जोग नेपाली, रुपन्देहीका राजेन्द्र धमेल, उर्गेन गुरुङ, चित्रबहादुर गुरुङ, बेनिराम सोमै, र रवि केसीलाई पक्राउ परे।
०७३ को तिवारी हत्या काण्डपछि पनि पुनले गएको साउन २० गते रुपन्देहीको मणिग्रामका टायल व्यवसायी दुर्गालाल भण्डारीको पसलमा गोली प्रहार गरी घटनाको जिम्मा लिएका थिए। उनले भण्डारीसँग ३० लाख चन्दा मागेका थिए। चन्दा नपाएपछि उनीमाथि गोली प्रहार भएको थियो।
यो क्रममा पुनले रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु र काठमाण्डौंका व्यवसायीसँग फिरौती उठाइरहेका थिए।
गत पुस २१ गते देवदहै फर्निचर व्यवसायी बसन्त पौडेलको पुनले हत्या गरे। फर्निचरमा काठ किन्ने नाममा पुगेका दुई जनाले पौडेलमाथि हत्या गरेका थिए। त्यसयता कुनै आपराधिक गतिविधि भएका थिएनन्। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि पुनको संलग्नता रहेको प्रहरीले बताउँदै आएको थियो।
पुनलाई यो क्रियाकलपामा सघाउने झण्डै १६ जना सहयोगी पक्राउ परे पनि पुन पक्राउ परेका थिएनन्। गएको वर्ष भारतका शहरमा रहेको बताउने उनले अहिले मलेसिया रहेको बताइरहेका थिए। तर प्रहरीले भने भारतमै रहेको विश्वाससहित उनीमाथि नजर बढाएको थियो।अन्नपूर्ण वाट
उदाउदां गुण्डा नाईके अस्थाय
प्रकाशित मिति: २०७४ फागुन ९, बुधबार
1628
Shares
- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र योजना आयोगका पदाधिकारीसँग उच्चस्तरीय छलफल

काठमाडौँ महानगरको कडा कदम: तीन दिनभित्र सबै सार्वजनिक सवारी बसपार्क छिर्नुपर्ने

विद्यालयमा अनधिकृत पुस्तक र सामग्री बिक्री रोक्न कडा निर्देशन

सिंहदरबारमा बालेन्द्र शाहको कडा निगरानी: सूचना प्रवाहदेखि कर्मचारीको समयपालनासम्ममा कडाइ

सेयर लगानी विवादमा गृहमन्त्री सुदन गुरुङको स्पष्टीकरण: “आरोप र सत्य एउटै होइनन्, म प्रमाणमा उभिन्छु
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81




