राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितका लागि थप एक लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयको जानकारी र बजेट नआएको भन्दै साबिकको ३ लाख अनुदानभित्रै रहेर भूकम्पपीडितले असारभित्र घर बनाइसक्नुपर्ने जनाएको छ।
दोस्रो किस्ता लिन समय बढाइएको र प्राविधिक जनशक्ति लगायतका व्यवस्था गरिएकाले साढे चार लाख घर यसै आर्थिक वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको उसले जनाएको हो।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको प्राधिकरणको निर्देशक समितिको बैठक ७ महिनापछि शुक्रवार बसेर भूकम्पपीडितले दोस्रो किस्ता लिनुपर्ने समय पुस मसान्तबाट बढाएर चैत्र मसान्तसम्म पुर्याउने निर्णय गरेको छ
तर तिनै प्रधानमन्त्रीको अध्यक्षतामा माघ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडित र बाढीपीडितलाई निजी आवास बनाउन थप १ लाख रुपैयाँ दिने भनेर गरेको निर्णयको जानकारी आफूले हालसम्म नपाएको प्राधिकरणले जनाएको छ।
जसका कारण यो वर्ष साबिककै ३ लाख मात्रै अनुदान उपलब्ध गराइने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले बताए।
उनले भने, “एक लाख रुपैयाँ दिने भन्ने सरकारको निर्णय हामीले सञ्चारमाध्यमबाट सुनेका हौँ, त्यो १ लाख रुपैयाँ अहिले बजेटमा व्यवस्था नभएकाले बजेटको व्यवस्था भएको ३ लाख मात्रै दिनसक्ने अवस्थामा छौँ।”लगातारका निर्वाचन अनि प्राविधिक जनशक्तिको अभाव जस्ता कारणले दोस्रो किस्ता लिने समय थपिएको बताउने प्राधिकरणले असार मसान्तभित्र घर बनाइसक्नुपर्ने समयसीमा भने परिवर्तन नभएको जनाएको छ।
हालसम्मको निजी आवास निर्माणको गति र थपिएको समयले साढे चार लाख घर निर्माण लक्ष्य पूरा हुने प्रमुख कार्यकारी अधिकृत भुषालले दावी गरे।
उनले भने “यो माघ मसान्तभित्र एक लाख घर बनिसक्नेछन्। ३ लाख घर निर्माण भइरहेका अवस्थामा छन्। प्राविधिक सहयोग पाए लगत्तै निर्माणले गति लिने छ र लक्ष्य पूरा हुनेछ।”
सरकारी अनुदानमा आवास निर्माण गरिरहेका पीडितहरूले भने पछिल्ला दिनमा निर्माण सामाग्रीको मूल्य बढेकाले सरकारले दिने ३ लाख रूपैयाँमै घर बनाउन कठिनाइ उत्पन्न भएको बताउने गरेका छन्।बि बि सी बाट,
तीन लाखमा असारभित्रै घर बनाइसक्नु पर्ने प्राधिकरण को भनाई
प्रकाशित मिति: २०७४ माघ २७, शनिबार
2341
Shares
- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवाको आमाछोदिङ्मोमा रैथाने परिकार बनाउने तालिम सम्पन्न

अब सेयर कारोबार सातामा ४ दिन मात्रै !

महासंघ निर्वाचनको सरगर्मी: फेसियल हाउसकी सञ्चालक सुष्मा महरा चुनावी मैदानमा, महिला उद्यमशीलतालाई प्राथमिकता

सल्यानटारमा हुने नृसिंह धाम पुरुषोत्तम महामहोत्सव: चैत १ देखि २५ गतेसम्म, देशव्यापी रथयात्रा

इलाम-१ मा कांग्रेसका निस्कल राई विजयी
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.11
149.71

European Euro
1
175.98
176.69

UK Pound Sterling
1
202.37
203.19

Swiss Franc
1
191.17
191.94

Australian Dollar
1
106.27
106.70

Canadian Dollar
1
108.43
108.87

Singapore Dollar
1
117.32
117.79

Japanese Yen
10
9.39
9.43

Chinese Yuan
1
21.88
21.96

Saudi Arabian Riyal
1
39.73
39.89

Qatari Riyal
1
40.90
41.06

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
40.60
40.76

Malaysian Ringgit
1
37.74
37.89

South Korean Won
100
10.14
10.18

Swedish Kroner
1
16.28
16.35

Danish Kroner
1
23.55
23.64

Hong Kong Dollar
1
19.04
19.11

Kuwaity Dinar
1
486.73
488.69

Bahrain Dinar
1
395.26
396.85

Omani Rial
1
387.29
388.85






