२०८३ वैशाख ८, मंगलबार
३:३७:५५ दिउँसो
- ADVERTISEMENT -

जोन चिच्याउँथे, सुन्नेमान्छे कोही थिएन,

प्रकाशित मिति: २०७४ माघ २०, शनिबार

1486
Shares

काठमाडौं : सात दिनसम्म ललितपुरको फूलचोकी जंगलमा हराएर रूखको चेपमा अड्किएको अवस्थामा उद्धार गरिएका १७ वर्षीय जोन तामाङको बीएन्डबी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
उनको हात-खुट्टाका औंला तथा छाला नीलो भएको छ। दुवै खुट्टा सुन्निएको छ। घुँडामा सामान्य समस्या देखिएको छ। आफैँ उठबस गर्न सक्दैनन्। सात दिनसम्म घना जंगलमा अलपत्र पर्दा शरीरमा चिसो पसेका कारण यस्तो समस्या देखिएको हो।
‘धन्न मेरो छोराको भाग्य बलियो रै’छ। यो माघको ठण्डीमा फूलचोकी जंगलमा सात दिनसम्म अलपत्र पर्दा पनि उद्धार गर्न सकियो’, आमा रिमाले भनिन्। चिकित्सकको सल्लाहमा आईसीयूमा राखिए पनि जोनको खतरामुक्त छन्। विशेष कामबाहेकका मानिसलाई उनीसँग भेटघाट गर्न दिइएको छैन। कोही मान्छे भेट्न जाँदा उनी झस्किने गरेको रिमाले बताइन्। राति पनि पटक-पटक झस्किने गरेका छन्।
शान्त वातावरणमा राखेर उपचार गर्दा पहिलेको अवस्थामा आउन सजिलो हुने चिकित्सकले बताएका छन्। आमासँग सामान्य कुराकानी गर्छ तर जंगलमा हराएको विषयमा आमा तथा परिवारका अन्य सदस्यले समेत धेरै कुरा गरेका छैनन्। उद्धार गरेको भोलिपल्ट रिमाले सामान्य कुरा गर्दा जोनले आफू लडेको ठाउँबाट टाढा-टाढाका मानिसलाई देख्ने गरेको बताएका थिए। ‘उसले बचाऊ बचाऊ भनेर चिच्याएको रहेछ तर परपर हिँडडुल गरिरहेका मानिसले सुनेनछन्’, रिमाले भनिन्।
‘उपचार भइरहेको छ। निको हुन अझ कति दिन लाग्ने हो थाहा छैन। यस्तो अवस्थामा फेरि त्यो डरलाग्दो घटना किन सम्झाउनु भनेर केही सोधेको छैन’, उनले भनिन्। उनका अनुसार अझै दुई-तीन दिन आईसीयूमै राखेर उपचार गर्नुपर्ने चिकित्सकको सल्लाह छ। अहिले पनि जोनलाई भेट्न अस्पतालमा मानिसको भीड लाग्ने गरेको छ।
‘उसले बचाऊ बचाऊ भनेर चिच्याएको रहेछ तर परपर हिँडडुल गरिरहेका मानिसले सुनेनछन्।’रिमा तामाङ, जोनकी आमा
गत बुधबार साँझ फूलचोकी जंगलको भीरबाट उनलाई उद्धार गरिएको थियो। उनलाई हिमालयन पर्वतारोहण टोलीका उद्धारकर्ता चन्द्र आलेमगर र रामकाजी तिवारीले उद्धार गरेका थिए। थसिखेलस्थिा अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत उनी स्कुलका अन्य कक्षाका साथी र प्राचार्य दुर्गाबहादुर ओलीसँगै हाइकिङ गएका थिए। फूलचोकी हाइकिङ गएर फर्कने क्रममा उनी हराएको ओलीले प्रहरीलाई बयान दिएका छन्।
ओलीको बयानलाई आधार मानेर अहिले नै केही भन्न नसकिने परिवारका सदस्यको भनाइ छ। ‘बाटो बिराएर एक्लै हिँड्दा लडेको पनि हुन सक्छ। कसैले धकेलिदिएको पनि हुन सक्छ। वास्तविकता जोन निको भएपछि थाहा होला’, परिवारका सदस्यको शंका छ। जोन हराएको दिनदेखि नै उनी अध्ययनरत स्कुल बन्द छ।
प्राचार्य ओलीलाई प्रहरीले जमानतमा छाडिदिएको छ तर जोन पूर्ण निको भएपछि थप अनुसन्धान गरेर समस्या समाधान गर्ने पक्षमा आफूहरू रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष शिव कार्कीले बताए।अन्नपूर्ण बाट ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81