Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:३८ बिहान
- ADVERTISEMENT -

नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने : प्रवक्ता श्रेष्ठ

प्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार

1234
Shares

गोरखा, २१ फागुन २०७५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारमा बस्नेले विकास निर्माणका कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने र सरकार बाहिर रहेका नेता कार्यकर्ताले सरकारको कामलाई जनतासम्म पु¥याउन प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

सरकारको नेतृत्वमा पुगेर पार्टी परिचालन गर्ने काम प्रभावकारी हुन नसके जनतासँगको सम्बन्ध टुट्न सक्ने भन्दै उहाँले सरकार, पाटी र जनतालाई सँगसँगै जोडर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “पार्टीले आवश्यकताअनुसार कार्ययोजना बनाएर जनतासँग जोडिरहनुपर्छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सरकारको तर्फबाट के आयो त्यसको रक्षा गर्ने, प्रचारप्रसार गर्ने र भ्रष्टाचार हुन नदिने काम आम कार्यकर्ताको पनि होे ।”

विकास निर्माणका काममा सरकारसँग मागपत्र बुझाउने, योजना निर्माण गरी तल्लो तहसम्म पु¥याउने काममा पनि पार्टीका सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पठाएको बजेट सही ठाउँमा खर्च भएको छ कि छैन त्यसको अनुगमन गरी सचेत गराउने कार्य सबै नागरिकको कर्तव्य हुने उहाँको भनाइ छ ।

नेपाली जनताको भाग्य र भविश्य निर्माण गर्ने काम वर्तमान सरकारले मात्र पूरा गर्न सक्ने बताउँदै उहाँले अहिले गरेर देखाउनसके कम्युनिष्टले मात्रै साच्चै विकास गर्नसक्ने रहेछन् भन्ने प्रमाणित हुने उल्लेख गर्नुभयो । “अहिले सरकारले बढी नै मेहनत गर्नु आवश्यक छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “अनि मात्र सामाजिक न्यायसहितको समाजवादको लक्ष्य प्राप्त गर्न सजिलो हुन्छ ।”

पुँजीको अभाव नहुने

गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमिसुधारमन्त्री लेखबहादुर थापाले लगानी गर्न चाहने कसैका लागि पनि अब पुँजीको अभाव नहुने बताउनुभएको छ । गोरखाको शहीद लखन गाउँपालिका–८ मा आज आयोजित एक कार्यक्रममा मन्त्री थापाले गण्डकी प्रदेश सरकारले कृषिलगायत विभिन्न पेशा व्यवसाय गर्न चाहनेका लागि बिनाधितो ऋण लिनसक्ने गरी कृषि विकास बैंकसँग सम्झौता गरिसकेको भन्दै काम गर्न चाहाने युवाका लागि अब अवसर प्राप्त भएको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले पाँच प्रतिशत अनुदानमा ऋण उपलब्ध गराउने गरी बैंकसँग सम्झौता गरेको भन्दै मन्त्री थापाले सम्झौताले स्वदेशमै केही गर्छु भन्नेका लागि राम्रो अवसर प्राप्त भएको बताउनुभयो । ग्रामीण क्षेत्रका जग्गा जमीनसमेत धितो राखेर ऋण लिन सक्ने गरी बैंकसँग सम्झौता गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले गोरखामा मनकामना मन्दिर, गोरखकाली मन्दिरलगायतका मठमन्दिर धार्मिक पर्यटकका लागि आस्था केन्द्रबिन्दुका रुपमा रहेको भन्दै त्यसले धार्मिक पर्यटक भित्र्याउन टेवा पुग्ने बताउनुभयो । “प्रदेश सरकारले योजनाबद्ध ढङ्गले काम अघि बढाएको छ”, मन्त्री थापाले भन्नुभयो, “यहाँ लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ तर त्यसको सही व्यवस्थापन जरुरी रहेकाले सरकार योजना निर्माण गर्ने काममा लागिरहेको छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -