Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३३:५१ बिहान
- ADVERTISEMENT -

गोरखाको दुर्गम क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालन : प्रजिअ आचार्य

प्रकाशित मिति: २०७९ वैशाख २९, बिहीबार

458
Shares

गोरखा, बिहिबार, २९ वैशाख २०७९ । गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सुरक्षा संवेदनशिलतामा प्रशासनले विशेष ख्याल गरेको बताएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा शान्ति, सुरक्षा कायम गर्न, मतदातालाई निर्धक्क भएर केन्द्र सम्म मतदानका लागि जाने बातावरण तयार गर्न प्रशासनले योजना बनाएको उनले बताए ।

‘हामीले सुरक्षा योजना बनाएर अघि बढेका छौँ, सोही अनुसार सुरक्षाकर्मी खटिएका छन्’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने ‘नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली सबै ठाउँमा परिचालन गरेका छौँ, ढुक्क भएर मतदान गर्न सक्नुहुन्छ ।’
सुरक्षको दृष्टिकोणले संवेदनशील ठाउँमा सेना र शसस्त्र प्रहरीको टुकडी पनि राखिएको छ । नेपाल प्रहरी सबै मतदान केन्द्रमा खटिनेछ भने सेना र शसस्त्र प्रहरीले गाडीमा घुम्ती गस्ती गर्ने प्रजिअ आचार्यले बताए ।

संवेदनशील, अति संवेदनशील समान्य गरी तीन सय ११ मतदान केन्द्रलाई बिभाजन गरिएको छ । ६७ केन्द्र अति संवेदनशिल, एक सय ३७ केन्द्र संवेदनशिल, १० वटा केन्द्रलाई समान्यमा बर्गिकरण गरिएको छ । गोरखा नगरपालिका, शहीदलखन र गण्डकी गाउँपालिका भित्रका मतदान केन्द्रमध्ये १० वटा समान्य छन् । अन्य सबै केन्द्र संवेदनशील र अति संवेदनशील भित्र रहेका छन् ।

भौगोलिक बनावट, बिगतका निर्वाचनमा घटेका घटना, पाँच वर्षको अवधीमा दलहरुले गरेका गतिविधिलाई आधार बनाएर मतदान केन्द्र बर्गिकरण गरिएको प्रजिअ शंकरहरि आचार्यले बताए ।

केही छिटपुट घटना बाहेक अहिलेसम्म गोरखामा स्थानीय तह निर्वाचनको अवस्था समान्य रहेको उनले बताए । बैशाख १९ गते जिल्लामा क्रियाशील राजनीतिक दलका नेता, संघ संस्था सबैलाई बोलाएर आचारसंहिता पालन गर्नेमा प्रतिवद्धता गराइएको उनले बताए । ‘शान्ति सुरक्षा कायम गर्न बेलुकी ९ः३० बजे बजार बन्द गर्ने, बैशाख २७ देखि जेठ ५ सम्म मदिरा पसल बन्द गर्नुपर्ने, बिक्री बितरण र सेवनमा रोक लगाएका छौँ’ प्रजिअ आचार्यले भने ‘शान्ति सुरक्षाका लागि यो गरिएको हो ।’

अहिले सम्म जिल्लाको अवस्था सन्तोषजनक रहेको बताउँदै उनले केही ठाउँमा भएको घटनाको अनुसन्धान भईरहेको बताए ।
‘दुर्गम क्षेत्रमा पनि तल्लो भेगमा जस्तै गरी सुरक्षाकर्मी परिचालन गरिएको छ’ प्रजिअ आचार्यले भने ‘कहिँकतै कुनै घटना भएमा नजिकको प्रहरी वा प्रशासनमा जानकारी दिन सक्नुहुन्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -