गोरखा, बिहिबार, २७ माघ २०७८ । गोरखाको भिमसेन थापा गाउँपालिकाको प्रशासकीय भबनको शिलान्यास गरिएको छ ।
आज एक कार्यक्रमका बिचमा भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले उक्त प्रशासकीय भबनको शिलान्यास गर्नु भएको हो ।
उक्त भवन करिब ६ करोडको लागतमा निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ ।











































