Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०४:३४ बिहान
- ADVERTISEMENT -

घलेगाउँमा हिउँ पर्‍यो

प्रकाशित मिति: २०७८ माघ १२, बुधबार

612
Shares

लमजुङ, बुधबार, १२ माघ २०७८ । स्मार्ट भिलेज घलेगाउँमा हिउँ पर्न थालेको छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका ३ स्थित पर्यटकीय गाउँ घलेगाउँमा बुधबार दिउँसोबाट हिउँ पर्न थालेको हो ।

दिउँसो करिब सवा दुई बजेबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । स्थानीय यमुना घलेका अनुसार दिउँसोबाट हिउँ पर्न थालेको हो । चिसो बढ्दै गएको छ । दुई वर्ष अघि हिउँ परेको घलेगाउँमा पुनः यसवर्ष पनि हिउँ परेको उहाँले बताउनुभयो ।

‘मौसम चिसो थियो । बुधबार दिउँसोबाट हिउँ नै पर्न थाल्यो । हिउँ बाक्लो परेको छ । चिसो बढेको छ’ उहाँले भन्नुभयो, ‘चिसोले बाहिर निस्कन सकेको छैन । घलेगाउँबासीहरु घरभित्रै आगो तापेर र सिरकभित्र बसेका छौं ।’

पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घलेगाउँ पूरै सेताम्मे भएको छ । डाँडाकाँडा सेताम्मे भएको छ । हिउँ बाक्लो परेकाले बाहिर निस्कन मुस्किल परेको छ । केही पर्यटक र स्थानीय भने सेल्फी खिच्न र हिउँ खेल्न बाहिर निस्किएको उहाँले बताउनुभयो ।

करिव ३ इन्च जति हिउँ परिसकेको विकले बताउनुभयो । समुद्री सतहदेखि करिब २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँसंगै घनपोखरा, नायुमा पनि हिउँ परेको स्थानीयले बताएका छन् । हिउँ परेको जानकारी पाएपछि केही मानिस बेंसीशहरबाट हिउँ खेल्न गएका छन् । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -