Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:२९ बिहान
- ADVERTISEMENT -

तनहुँ जलविद्युत आयोजनालाई जनमैत्री बनाउन मुख्यमन्त्रीको निर्देशन

प्रकाशित मिति: २०७८ माघ ८, शनिबार

711
Shares

तनहुँ, शनिबार, ८ माघ २०७८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले तनहुँ जलविद्युत आयोजनालाई जनमैत्री हुने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

शनिबार निर्माणधीन आयोजनाको स्थलगत निरीक्षण तथा अवलोकनपछि आयोजित ब्रिफिङ कार्यक्रममा सो कुरा बताउनुभएको हो । स्थलगत अवलोकन गरेर उहाँले हालसम्म आयोजनाका प्राविधिक पक्ष, प्रसारण तथा वितरण लाइन, सुरुङ मार्ग, ड्यामलगायतको भौतिक प्रगतिबारेमा जानकारी लिनुभएको छ । कुलेखानी पछिको सुख्या याममा अभाव नहुने जलाशाययुक्त आयोजना निकै महत्वपूर्ण र ऐतिहासिक भएको उल्लेख गर्नुभयो ।

‘यहाँको समाजसँग अझै घुलमिल बन्नुपर्छ, स्थानीय सरकारसँग समन्वय गरेर अपनत्व बढाउनुपर्छ’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । स्थानीयको जीवनस्तर उकास्ने, विस्थापित परिवारलाई रोजगारी दिने सन्देश दिनको लागि सबैको जिम्मेवारी भएको पोखरेलले बताउनुभयो ।

कार्यान्वयनमा अघि बढेको महत्वपूर्ण योजना भएको उल्लेख गर्दै स्रोत साधन, प्रशासनिक र स्थानीय कुनै पनि कारणले ढिलो हुन नहुने उहाँको भनाइ छ । तनहुँ जलविद्युत कम्पनीका प्रवन्ध सञ्चालक किरणकुमार श्रेष्ठ, आयोजना प्रमुख राजाभाइ शिल्पाकारसँग मुख्यमन्त्री पोखरेलले कार्य प्रगतिको बारेमा जानकारी लिनुभएको छ ।

गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले ढिलो हुँदा लागत बढ्ने हुँदा समयमै कसरी काम गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिएर अघि बढ्न उपयुक्त हुने बताउनुभयो ।

आयोजनाको जलाशय क्षेत्रमा जमिन र घना जङ्गल भएकाले वातावरणीय प्रभाव तुलनात्मक रुपमा न्यून क्षति हुने गरी काम गर्न भनिएको छ । आयोजना निर्माणका क्रममा जलाशय क्षेत्र, बाँध र विद्युत गृह क्षेत्र, भौतिक संरचनाका क्षेत्र र तल्लो तटीय क्षेत्रमा केही प्रभाव रहे पनि आयोजनाको प्रभाव ठूलो नहुने बताइएको छ ।

एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, यूरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर गरेर वित्तीय व्यवस्थापन गरिएको छ । तनहुँमा निर्माणधीन यस जलविद्युत आयोजना १४० मेगावाट क्षमताको रहेको छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -