Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१५:०१ बिहान
- ADVERTISEMENT -

प्रजातन्त्र दिवस

प्रकाशित मिति: २०७५ फागुन ७, मंगलबार

1431
Shares

बि.सं २०७५साल फाल्गुन ७ गते

बिर्सन्न हुन्न सहिदको रगत ताजा मानसपटल
त्याग र बलिदान रहिरहोस सधैं अटल।
सहिदहरुको रगतले स्वतन्त्र यो नेपाल
सबै मिलि बस्नुपर्छ तराई पहाड हिमाल ।

फाल्गुन ७, आज प्रजातन्त्र दिवस् । गत माघमा हामीले शहीद दिवस मनायौं अनि फागुन आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ ।

स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यीनै प्रजातान्त्रिक अभ्यासहरुभित्र कोरिंदै आएको छ, तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरका सामू राणा शासकहरुको केही जोर चलेन् । जनताको बोलीका अगाडि बन्दुकका गोली टिक्न सकेन अनि नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको थियो आजभन्दा ६८ वर्ष अघि, वि.सं २००७ साल फाल्गुन ७ अर्थात् आजकै दिन र त्यसको नाम थियो “प्रजातन्त्र” ।

राज्य ब्यवस्थाले नागरीकहरुबिच कुनैपनि दृष्टिमा भेदभाव गर्न हुँदैन भन्ने प्रजातन्त्रको प्रथम आधार हो, स्वतन्त्र वि चरण अनि फरक मतको सम्मान लगायतका अभिब्यक्ति स्वतन्त्रता नै प्रजातन्त्रको स्तम्भहरु हुन् । प्रजातन्त्रमा नागरीकहरु स्वंयमले चुनेर पठाएका ब्यत्तिहरुले शासनव्यवस्था संचालन गर्ने गर्दछन्, यसअर्थमा जनताद्वारा जनताकालागी गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनेर बुझ्न सकिन्छ ।

टुँडिखेलमा नेपाली सेनाको विशेष प्रर्दशनका साथै राजनैतिक दलका नेताहरुको उपस्थिती अनि ब्यापक जनसाधरणको उपस्थितीमा प्रजातन्त्र दिवस मनाउने चलन केही वर्षयता भने खुम्चदै गएको छ । उतिबेला आएको प्रजातन्त्र नेपालीहरुको पोल्टाबाट फेरि विसं २०१७ मा खोसिएको इतिहास जिवितै छ । क्रमशः ब्यापक धाँधलीकाबिच भएको ३६ सालको जनमत संग्रहसहित विभिन्न कालखण्डमा भएका नागरीकको आवाज दबाउने श्रृंखलाहरुको अन्त्य भने वि सं २०४७ सालमा आएको बहुदलीय प्रजातन्त्र अनि संबैधानिक राजतन्त्रको ब्यवस्थाले गरेको थियो । क्रमशः विभिन्न चरणका आन्दोलन, सशस्त्र द्वन्दकाल हुँदै ६२ अनि ६३ सालको आन्दोलनसँगै नेपाल आज संघीय गणतान्त्रीक देश भईसकेको छ । शायद आज यिनै ईतिहासका दस्तावेज पल्टाउँदै नेपाली प्रजातान्त्रिक अभ्यासका प्राप्ती, प्रगती र नेपालीजनको हितमात्रलाई पनि नियाल्ने दिन हो ।

यहाँ आन्दोलनको मर्महरुलाई शाषकहरुले कत्तिको ध्यान दिन सकेका छन् त ? जनलहरको उद्देश्य साँच्चै संवोधन गरिएको छ त ?

विश्वले विकासको मूलधारलाई आफ्नो पराक्रमले प्राप्त गर्दासम्म नेपालीहरु अझै पनि हात मुख जोर्नकालागी नै घर परिवार माया मार्दै झोला बोकेर प्रतिदिन १५०० को सख्याँमा विदेश गएको देख्दा नेपथ्यवाट प्रजातन्त्रको असहाय आवाज सुनिन्छ । बोल्न पाउने, आन्दोलन गर्न पाउने, लड्न पाउने तर गरिखान नपाउने यो कस्तो अपुरो प्रजातन्त्र ?

यसपटकको प्रजातन्त्र दिवस एउटा कोशेढुङ्गा हो । नेपाली प्रजातन्त्रको संस्थागत इतिहासमा । यसवर्ष संघिय गणतान्त्रीक नेपालले चुनावका सफल क्रमहरु संगै जनप्रतिनिधिहरुको एउटा प्रजातान्त्रीक प्रतिनिधित्व पाएको छ ।

स्थानीय निकाय, प्रतिनिधि सभा, प्रदेश सभा अनि राष्ट्रिय सभासम्म जननिर्वाचीत प्रतिनिधिहरुले नेपाली संसद अनि सरकार शुसोभित छ । प्रजातन्त्रका लागि नेपालीहरुले बिभिन्न समय अनि कालमा धेरै मुल्य चुकाएका छन् । यस पटकवाट प्रजातन्त्रको पोल्टोमा नेपाली माटोमा बिकास, समृद्धि अनि स्थाहित्व पनि परोस् । पाईलाहरु नरोकिउन्, बोली नरोकियोस्, अक्षर नकाटिउन् अनि स्वतन्त्रता नेपाली धर्तीमा सदैव बिचरण गरिरहोस् ।

दूरदराजमा भएको नेपालीको मुलधारका सेवा अनि सुचना सँगको न्यून पहुँच लगायत दुई वर्ष हुँदा पनि वनाईन नसकेका भुईचालो पिडितका चुहिने दलिनहरुले अट्टाहसका साथ प्रजातन्त्रको वयान दिईरहेका छन् । दिनदिनै सर्दै आएका सिमास्तम्भहरु, परधीनपनामा भएका वृद्धि अनि खिया लागेका हलो अनि कोदालाका फालीहरुले परदेशीहरुलाई सझंना गरिरहेको छ ।

प्रजातन्त्रले सहि प्रयोग गर्न सक्ने हातहरु पाओस्, गरिखान पाओस अनि नेपालीहरुको पिडा यो प्रजातन्त्रले कम गरोस् । नेपाली हुनुको एकमात्र पहिचान अनि राष्ट्रियताको डोर भित्रको मिठो, समान अनि प्रगतीशिल प्रजातन्त्रको अनुभव गर्न पाईयोस ।
आफ्नो परिवारको जिबिकोपार्जनका लागि क्षितिजपारी ज्यानको बाजि लगाएकाहरु छिट्टै स्वदेस फर्किने अबसर मिलोस । भाइ भाइबिच द्वन्द नमचियोस । देश बिकासका पाइला अग्रगतिमा लम्कियुन, सबै नेपालिको बाँच्न, हास्न, काम गर्न र रमाउन पाउने अधिकार नखोसियोस। लुट, घुस र झुट बन्द होस । हत्या,हिंसा आतंक सब बन्द होस।मेरो देश र जनता बलत्कारको सिकार बन्न नपरोस । अन्तमा सबैको
जय होस् । प्रदेशबाट ओम पाण्डे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -