Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:४५ बिहान
- ADVERTISEMENT -

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

प्रकाशित मिति: २०७८ कात्तिक १६, मंगलबार

559
Shares

विराटनगर, कात्तिक १६ गते । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँसँगै नवनियुक्त मन्त्रीहरुले पनि मंगलबार शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह आयोजना गरी मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएका राईलाई प्रदेश प्रमुख ‘प्यासी’ले केही घण्टा अघि नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट २ र बाँकी दलबाट १÷१ जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री राईले नेपाली काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, नेपाली काँग्रेसका प्रमुख सचेतक रहनुभएका नेता केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवगठित प्रदेश मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एक जना बाहेक सबै नयाँ अनुहारका मन्त्रीहरुले जिम्मेवारी पाउनुभएको छ । नेकपा माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो भने दोश्रोपटक आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -