Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
७:३२:१४ बेलुका
- ADVERTISEMENT -

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा : प्रधानमन्त्री

प्रकाशित मिति: २०७८ असोज ११, सोमबार

686
Shares

काठमाडौँ, सोमबार, ११ असोज २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन् ।

आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबद्र्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री देउवाले उल्लेख गरेका हुन् । प्रधानमन्त्री देउवाले सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको बताएका छन् ।

सो सन्देशमा प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रियस्तरमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमार्फत् पर्यटन प्रबद्र्धन र सहकार्यका प्रयास पनि हुँदै आएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

पर्यटन क्षेत्र कोभिड–१९को सङ्कटबाट ग्रस्त रहेको, व्यवसायहरु जोखिममा रहेको र कर्मचारी तथा कामदारको आम्दानी गुमेको सन्दर्भमा सरकारले यस क्षेत्रलाई पुनरुत्थान गर्न शुल्क तथा कर छुट, कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिनेलगायतका नीतिगत व्यवस्था गरेको पनि प्रधानमन्त्री देउवाले सो सन्देशमा बताएका छन् । आगामी दिनमा पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न व्यवसाय बीमा, कामदार र कर्मचारीको सामाजिक सुरक्षा र पर्यटन जोखिम कोष व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाइएको उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -