गोरखा, सोमबार, २१ भाद्र २०७८ । गोरखाको गण्डकी गाउँपालिका भित्रका विद्यालय मंगलवारबाट खुल्ने भएको छ ।
बैकल्पिक माध्यामबाट पठन पाठन गर्न संभव नभएको, लामो समयदेखि सिकाई प्रभावकारी नभएको निश्कर्ष सहित शिक्षा समितिको बैठकले भदौ २२ गते देखि विद्यालय खोल्ने निर्णय गरेको शिक्षा अधिकृत सुदिप पन्तले बताउनु भयो ।
नेपाल सरकारबाट स्विकृत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय खोल्न विद्यालयहरुलाई पत्राचार गरिएको छ । विद्यालय, ब्यवस्थापन समितिलाई सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गरिएको छ ।










































