गोरखा, शुक्रबार, २९ साउन २०७८ । गोरखाको पालुङटार नगरपालिका भित्र कुमाल संग्रहालयको शिलान्यास सम्पन्न भएको छ ।
पालुङटार नगरपालिका वडा न.७ कोलडाडामा कुमाल संग्रहालयको पालुङटार नगरपालिका नगर प्रमुख इ. दिपक बाबू कंडेलले एक समारोहकाबिच शिलान्यास गर्नु भएको छ ।
उक्त शिलान्यासको अवसरमा पालुङटार नगरपालिका
वडा न ७ का वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठ, वडा सदस्य, अतिथि महानुभावका साथै नगरपालिकाबासीको उपस्थितिमा शिलान्यास सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिमा निर्माण हुन नसकेको उक्त संग्रहालयको आ ब २०७७/०७८ को बजेटबाट बिनियोजित उन्नाइस लाख उनान्सय हजार सात सय पचपन्न रु १९, ९९, ७५५ रकम बिनियोजन रकमबाट सम्झौता बमोजिम समयमा नै काम सम्पन्न गर्ने गरि सनद निर्माण सेवाले उक्त कामको जिम्मा लिएको सुरज थापाले जानकारी दिनुभयो ।












































