Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
६:३७:३० बेलुका
- ADVERTISEMENT -

´र्यापिड कम्युनिकेशन प्रणाली’लाई सातै प्रदेशमा लैजाँदै नेपाल प्रहरी

प्रकाशित मिति: २०७५ माघ १९, शनिबार

879
Shares

काठमाडौं, १९ माघ २०७५ । नेपाल प्रहरीले ‘र्यापिड कम्युनिकेशन प्रणाली’लाई देशैभरि विस्तार गर्ने तयारी थालेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्न रेडियो सेट, ड्रोन, सिसी क्यामरापछि हालसालै मात्र भित्रिएको उक्त प्रविधिलाई सातै प्रदेशमा लैजाने तयारी नेपाल प्रहरीले गरेको हो ।

हाल प्रयोग भइरहेको रेडियो सेटबाट आवाज मात्रै पठाउन सकिने भए पनि अहिले भित्र्याइएको नयाँ प्रविधिसहितको सेटमार्फत भने श्रव्यदृश्य एकैसाथ पठाउन सकिन्छ । ब्रोडब्याण्ड प्रविधिमा आधारित यो प्रणालीअन्तर्गत अहिले प्रहरीले ५० सेट भित्र्याएर अतिविशिष्ट व्यक्ति (भिभिआइपी) आउँदा र विपद्का बेलामा प्रयोग गर्दै आइरहेको छ ।

“अहिले जहाँ विपद् हुन्छ र भिभिआइपीको मुभमेन्ट हुन्छ, त्यहाँ लगेर प्रयोग गर्दै आइरहेका छौँ”, प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा राजीव सुब्वाले भन्नुभयो, “अब भने सातै प्रदेमा लैजाने तयारी गरिएको छ ।” उहाँका अनुसार घटनास्थलमा भिडियो खिच्दाखिच्दै प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट दृश्य निगरानी गर्न सकिने यसको विशेषता हो ।

बाह्य विशिष्ट पाहुना आउँदा सिसी क्यामरा राख्न नसकेको ठाउँमा यही सेटको प्रयोग भएको बताउँदै उहाँले भिडियोसहित आउने भएकाले शान्तिसुरक्षा कायम गर्न प्रभावकारी हुने बताउनुभयो । प्रहरीले हाल प्रयोग गर्दै आएको रेडियो सेटको विकल्पमा यो सेट आएको बताउँदै उहाँले यसको प्रयोग बढाएर पुरानो सेट विस्थापित गर्दै जाने उल्लेख गर्नुभयो ।

ताररहित फोरजी प्रविधिमा आधारित यसबाट एउटै च्यानलमा बसेर धेरै प्रयोगकर्तासँग श्रव्य, दृश्य र सन्देश आदानप्रदान गर्न सकिन्छ । विपद् तथा आपत्कालीन अवस्था र अन्य सञ्चार सेटमा सम्पर्कविहीन हुँदा पनि यसले काम गर्ने सुब्बाको भनाइ छ । आपत्कालीन अवस्थामा १५ मिनेटमै जडान गरी सञ्चालन गर्न सकिने यो प्रविधिको ५० वटा सेट प्रहरीसँग छ ।

यस्ता प्रविधिको प्रयोगले शान्तिसुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि महत्वपूर्ण सहयोग पुग्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विभिन्न घटना हुँदा सिसी क्यामरा लगायतको प्रविधिका कारण अपराधीसम्म पुग्न सहज हुने गरेकाले प्रविधिलाई अझै उच्चतम प्रयोग गर्नेतर्फ ध्यान दिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

काठमाडौँ बिजुलीबजारमा भएको दुर्घटनामा होस् या ट्याक्सीमा छुटेको रु ४२ लाख रकम भेट्टाउनमा सिसी क्यामेरा सहयोगी बनेको स्मरण गर्दै सुवेदीले ड्रोन पनि अर्को महत्वपूर्ण सहयोगी साधन भएको बताउनुभयो । अपराध रोकथाम तथा नियन्त्रण र घटित अपराधको सफल अनुसन्धानमा यस्ता प्रविधिको प्रभावकारी हुँदै आएकाले अझै आधुनिक प्रविधिको प्रयोगतर्फ प्रहरी अगाडि बढेको उहाँको भनाइ छ ।

दृश्य प्रविधिअन्तर्गत पर्ने ड्रोनको प्रयोग अवाञ्छित गतिविधि तथा ट्राफिक व्यवस्थापनमा प्रभावकारी हुन्छ । उपत्यकाको सवारी चाप अनुगमन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनमा यसको प्रयोग सफल मानिन्छ । ड्रोनको प्रयोगलाई अझै विशिष्टीकृत गर्ने योजना नेपाल प्रहरीको छ । नेपाल प्रहरीले सिसी क्यामरा भने २०६१ देखि प्रयोगमा ल्याएको हो । काठमाडौँ, भक्तपुर र ललितपुरमा ४७४ वटा तथा राजमार्ग तथा मुख्य शहरी क्षेत्रमा दुई हजार ९१६ सिसी क्यामरा प्रयोग भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले हालै लागू गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत श्रव्यदृश्य प्रविधि प्रयोग गर्न प्रेरित गर्ने, थप स्थापना र विस्तार गर्ने नीतिलाई प्रभावकारी बनाउने थालेको छ । समुदायसँगको सहकार्यले शान्ति सुरक्षामा थप बल पुगेको प्रहरीको भनाइ छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -