पर्वत, बुधबार, २३ असार २०७८ । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलामा आएको प’हिरोले ब’गाएको गा’डी भेटिएको छ ।
गएरातीको अविरल बर्षातसंगै आएको बा’ढिका कारण ब’गाएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गा’डी भेटिएको हो ।
तर, गाडी देखिएपनि निकाल्न भने सकिएको छैन । गाडी निकाल्न नसक्दा उक्त गाडीमा सवार ३ जनाको अवस्था भने अझै अज्ञात नै रहेको प्र’हरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
बेपत्ता रहेको गा’डीको केही भाग खोलाको पानीमा देखिएपछि नेपाली से’ना, स’शस्त्र प्र’हरी र ने’पाल प्र’हरीले उ’द्धार थालेका छन्।
पहिरोका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेको छ । यसैगरि पहिरोले सडक बगाउँदा दोबिल्ला फलेबास सडक पनि अबरुद्ध बनेको छ ।
बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन् । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
उनका अनुसार खोला किनारमा रहेका ३ घर बाढीले बगाएको छ । घरभित्रका मानिसहरु घर छोडेर भागेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।









































