गोरखा, शनिबार, १९ असार २०७८ । सिरानचोक गाउँपालिकाले ६० बर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई सम्मान गरेको छ । सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले एक कार्यक्रमकाबीच सन्त बहादुर गुरुङ, दयाराम पोखरेल, तेज बहादुर भण्डारी, कृष्ण प्रसाद ढकाल, हरि प्रसाद दाहाल र ऋषि राम ढकाललाई सम्मानित गर्नु भएको हो ।
विभिन्न विद्यालयमा कार्यालय सहयोगीको भुमिकामा जागिर गरि ६० बर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई पालिकाको तर्फबाट पचास हजार रुपैयाँ उपलब्ध गराई सम्मान सहित विदाई गरिएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।
साथै, उहाँहरूले ३० बर्ष १० महिना देखी ४७ बर्ष ४ महिना सम्म विद्यालयमा सेवा गर्नु भएको थियो ।









































