गोर्खा, सोमबार, १४ असार २०७८ । गोरखाको गण्डकी गाँउपालिकाका २ वटा किसान समुहलाई ७ थान हातेट्याक्टर वितरण गरिएको छ ।
वडा नं ३ को प्रगतीशीलक कृषक समुहलाई ४ वटा र वडा नं ४ को भिमसेन कृषक समुहलाई ३ वटा हाते ट्याक्टर वितरण गरिएको हो ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाको संचालन तथा युएन एफएओको प्राविधिक सहयोगमा संचालन भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तरगत हातेटक्याटर वितरण गरीएको हो ।









































