बाग्लुङ्ग, मंगलबार, १ असार २०७८ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सबै स्वास्थ्य चौकीमा नेपाली कांग्रेसद्वारा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
४८ वटै वडामा सेनिटाइजर, माक्स, अक्सिमिटर, साबुन र सिटामोल लगायत करिव चार लाखको स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
कार्यक्रम कोअडिनेटर नेतृत्व जीत शेरचन, अर्जुन शेरचन, नर्जग घर्ति मगर, तिल बहादुर अधिकारी लगायतको सहभागीता रहेको थियो ।
आज मंगलबार एक कार्यक्रमकाबीच बडीगार्ड गाउँपालिका र गल्कोट नगरपालिकाको स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण गरिएको नेता जीत शेरचनले जानकारी दिनुभयो ।
‘कोरोनाको कारण धेरै नागरिकहरुको ज्या’न गएको छ, उनीहरुको जीवन रक्षा गर्ने हामी सबैको दायित्व हो,’ नेता शेरचनले भन्नुभयो, यो महामारीमा सबै एकताबद्ध हुन जरुरी रहेको बताउनु भयो ।









































