गलकोट, सोमबार, ३१ जेठ २०७८ । बागलुङमा पाँचौँ पटक नि’षेधाज्ञा थप गरिएको छ । नि’षेधाज्ञामा अति आवश्यक सेवा खाद्यान्न, तरकारी, दूध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल, बीउबिजनबाहेकका सेवाहरू बन्द गरिने भएको छ । को’रोनाको सं’क्रमण तीव्ररूपमा बढेपछि गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
जिल्लामा असार ७ गते सम्मका लागि नि’षेधाज्ञा जारी गरिएको हो । को’रोना सं’क्रमणको दर नघटेपछि कोरोना सङ्कट व्यवस्थापन (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता नि’षेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था हप्तामा चार दिन आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।









































