गोरखा, शनिबार, ३० जेठ २०७८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्दराज पाण्डेले गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका लागी ११ थान अक्सिजन कन्सनटे्रटर प्रदान गर्नु भएको हो । विभिन्न स्वास्थ्यचौकीका लागि उहाँले करिब २७ लाख भन्दा बढीको स्वास्थ्य सामाग्रीहरु वितरण गर्नु भएको थियो ।
अजिरकोट गाउँपालिकाको नौ वटा स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुलाई र बारपाक स्वास्थ्य चौकीका लागि दुईवटा गरी एघारवटा अक्सिजन कन्सनटे्रटर सहित स्यानिटाइजर, पिपिई र अन्य स्वास्थ्य सुरक्षा लगायत सामाग्री सहयोग गर्नु भएको हो ।
बोधिसत्व विहार संस्थाको अध्यक्ष शान्तिविनोद शर्मा र मिनबहादुर घलेको सक्रियतामा उक्त संस्थाले सहयोग गरेको हो । ‘कोरोना महामारीको बेलामा गाउँगाउँको स्वास्थ्य चौकीहरुमा नै सहज तरिकाले स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले उक्त सामाग्रीहरु वितरण गरिएको हो’ सुरेन्द्रराज पाण्डेले भन्नुभयो, ‘वर्षातको मौसम सुरु भएको र सबै ठाउँमा पक्की सडक नभएका कारण अन्य ठूला अस्पताल जान नसक्ने अवस्थामा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि उक्त स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो ।’ उहाँले भन्नुभयो ।
उक्त स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेपाली काङ्ग्रेंस क्षेत्र नं. २ का सभापति गोविन्द गुरुङ, नगरसभापति चन्दनबाबु खत्रीको उपस्थिति रहेको थियो ।









































