Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:२२:४२ बेलुका
- ADVERTISEMENT -

पालुङटारमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हस्तान्तरण

प्रकाशित मिति: २०७८ जेठ २२, शनिबार

462
Shares

पालुङटार (गोरखा) , शनिबार, २२ जेठ २०७८ । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकी प्रदेशले संयुक्त कार्यक्रममार्फत गोरखाको पालुङटार नगरपालिका मातहतको आयुर्वेद औषधालयलाई औषधि हस्तान्तरण गरेको छ ।

स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड–१९ प्रोटोकलअनुसारको औषधि औषधालय शाखा प्रमुख हितकाजी श्रेष्ठ, उपमेयर पम्फा बसेल र प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मालाई हस्तान्तरण गरिएको हो । नगरपालिकाभित्र रहेका सं’क्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउने गुण भएका औषधि उपलब्ध गराइएको स्वयंसेवक उपसमिति संयोजक कृष्ण राउतले जानकारी दिनुभयो ।

गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णलाई मिश्रण गरी खल विधिबाट तयार गरिएको आयुर्वेद औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने संघका सचिव एवं आयुर्वेद चिकित्सकीय परामर्श उपसमिति संयोजक डा दीपक भुसालले बताउनु भयो ।

तीन भाग गुर्जो, दुई भाग यष्टी मधु र एक भाग त्रिकटु चूर्णको मिश्रणबाट तयार आयुर्वेद औषधिको सेवनले शरीरलाई समानरुपले इम्युन बढाउन सहयोग पु¥याउने उहाँले सुनाउनु भयो । सामान्य लक्षण देखिएकादेखि गम्भीर प्रकृतिका कोरोना संक्रमितले उक्त औषधि क्वाथ विधि (पकाएर) वा मनतातो पानीमा घोलेर सेवन गर्न उनको सुझाव छ ।

संघले गण्डकी प्रदेशमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र विपन्न नागरिकका लागि आयुर्वेद औषधि निशुल्क वितरण गरिरहेको अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिनुभयो। सोही अभियानलाई निरन्तरता दिँदै गोरखा आइपुगेको उहाँले बताउनु भयो ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकीका अध्यक्ष प्रकाश क्षेत्रीले आयुर्वेद व्यवसायीसँगको समन्वयमा सकारात्मक अभियान थालनी गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।

संघको सहयोगप्रति पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले धन्यवाद व्यक्त गर्नु भयो । आयुर्वेद औषधिको गुण र महत्वलाई नगरपालिकाले आत्मसाथ गर्दै संक्रमितहरुलाई सेवनका लागि हातहातमा पु¥याइने उहाँले बताउनु भयो ।

नगरपालिकाकी उपमेयर पम्फा बसेलले संक्रमितहरुलाई औषधिसँगै मनो परामर्श सेवा पनि आश्वयक महशुस गरेको सुनाउनु भयो । कोरोनालाई परास्त गर्न मनोवैज्ञानिक रुपमा पनि मजबुद हुन सक्नुपर्ने उहाँले बताउनु भयो । आयुर्वेद औषधि नगरपालिकाको तर्फबाट वितरण भइरहेकोमा संघले थप सहयोग दिँदा उपमेयर बसेलले अभियानप्रति खुसी व्यक्त गर्नु भयो ।

कार्यक्रममा संगम आयुर्वेद फर्मा डुम्रेका सञ्चालक सुवास थापा, स्पर्श आयुर्वेद अस्पताल पोखराका गजेन्द्र थापा, संघका कोषाध्यक्ष रमेश चापागाई, पालुङटार आयुर्वेद औषधालयका प्रमुख तथा वरिष्ठ कविराज निरीक्षक हितकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -