पोखरा, सोमबार, १० जेठ २०७८ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा थप ७ सय ४४ जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक को’रोना सम्बन्धि विवरण अनुसार आज गण्डकीका १ हजार ७ सय ३४ जनामा गरिएको नमुना परीक्षणमा ७ सय ४४ जनमा को’रोना सं’क्रमण पु’ष्टि भएको हो ।
आज सं’क्रमण पु’ष्टि भएकोमा कास्कीका २ सय ६३ जना, तनहुँका १ सय ४ जना, गोरखाका ११ जना, लमजुङका २३ जना, नवलपुरका १ सय ३३ जना र स्याङ्गजाका ८८ जना छन् ।
यस्तै, पर्वतका ५९ जना, बाग्लुङका २१ जना, म्याग्दीका ३८ जना, मुस्ताङ र मनाङ जिल्लाका दुुई–दुई जना छन् ।










































