Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:०३ बिहान
- ADVERTISEMENT -

थुम्के डाँडामा सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न ‘भ्यू टावर’ निर्माण गरिने

प्रकाशित मिति: २०७५ माघ ३, बिहीबार

1114
Shares

इलाम, ३ माघ २०७५ । इलामको माइजोगमाई गाउँपालिकास्थित प्याङको थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माण गरिने भएको छ ।

सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि पाँच वर्षे योजनाका साथ रू ५० लाखमा टावर निर्माण गरिने बताइएको छ ।

पर्यटकीयस्थलका रूपमा विकास हुदै रहेको उक्त क्षेत्रमा माइजोगमाई गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा टावर निर्माण गर्ने भएको हो ।

माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईका अनुसार टावर बहु तले र सुविधायुक्त हुने छ ।

यस क्षेत्रबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देख्न सकिन्छ भने जिल्लाका सबै स्थानीय तहको दृश्यावलोकनसमेत गर्न सकिन्छ । यस क्षेत्रको बाटो हुँदै इलामको प्रमुख पर्यटकीय स्थान सन्दकपुर पनि छिटो बाटोबाट पुग्न सकिने स्थानीय देवी अधिकारीको भनाइ छ ।

माइजोगमाईस्थित यस थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको पाइएको छ । लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक ५० देखि १०० को हाराहारीमा पर्यटक आउने गरेका छन् ।

केही वर्ष अघि मात्र सूर्र्योदय अवलोकन गर्न सकिने स्थल भनी पत्ता लागेको यो क्षेत्रमा धेरैजसो आन्तरिक पर्यटक आउने गरेका छन् । विकास पूर्वाधारमा पछि परेको यस क्षेत्रमा हालसम्म पनि विद्युत् पुग्न सकेको छैन भने यस वर्ष मात्र सडक पुगेको छ ।

सडक पुगेसँगै पर्यटकको चहलपहल बढेको अध्यक्ष राईको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -