कपिलबस्तु, शनिबार, १ जेठ २०७८ । कपिलवस्तु जिल्ला अस्पताललाई सेनाद्वारा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
सैनिक श्रीमति संघद्वारा उपलब्ध गराएको स्वास्थ्य सामाग्रीहरु श्री नं.२२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी टिकाराम गुरुङ्गले कपिलवस्तु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गणेश क्षेत्रीलाई हस्तान्तरण गर्नु भएको हो ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न जटिल परिस्थितिमा कपिलवस्तु जिल्ला अस्पताल तथा अस्थायी को’भिड
अस्पतालमा को’भिड-१९ सं’क्रमित बिरामीहरुको उपचारको लागी रातदिन खटिई रहेका स्वास्थ्यकर्मीहरुका लागि उक्त संघले बुठ ५० जोर, चस्मा ५० गोटा, हेड कभर २०० सेट, सु.कभर २०० जोर, ग्लोभ १०० जोर, मास्क ५० पिस, पिपिई ५० सेट, सर्जिकल ग्लोभ १२ बट्टा, मेडिकल मास्क १० बट्टा र सेनिटाईजर २५ लिटर वितरण गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जानकारी दिएको छ ।









































