बलेवा, बिहिबार, ३० बैशाख २०७८ । कोरोना महामारीसँग जुध्न आवश्यक साधन स्रोतको जिल्लाभर अभाव देखिएको छ । धौलागिरि अस्पताल र स्थानीय तहले निर्माण गरेका अ’स्थायी को’भिड अस्पताल तथा आइसोलेशनमा साधन स्रोतको अभाव हुन थालेको हो । साथै आवश्यक मात्रामा पूर्वाधारको खाँचो त यहाँ छँदैछ ।
को’रोनाका कारण मृ’त्यु भएकाहरुको शव व्यवस्थापनमा जिल्लामा सबैभन्दा ठूलो चुनौती देखिएको छ । जिल्लाभर एक श’वबहान समेत नरहेकाले सं’क्रमितको शव व्यवस्थापनमा समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
‘‘श’व व्यवस्थापनको लागि डबल क्याब्व पिकअप भ्यान भएपनि केही महिनालाई भाडामा लिनुपर्ने अवस्था छ’’ स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति देव प्रकाश घिमिरेले भने, ‘‘अहिलेको मुख्य चुनौती एम्बुलेन्स, शवबहान, पीपीई र अन्य स्वास्थ्य सामग्री हुन् ।’’ अस्पतालको आइसोलेशनमा काम गरिरहेका स्वास्थ्यकर्मीले समेत स्वास्थ्य सामग्रीको अभाव महसुस गर्न थालेका छन् ।









































