गोरखा, मंगलबार, २८ बैशाख २०७८ । गोरखाको भिमसेनथापा गाउँपालिका वडा न २ मा अस्थायी आइशोलेशन निमार्ण कार्य सम्पन्न भएको छ । उक्त निर्मित आइशोलेशनमा ५० जना रहने सक्ने क्षमता रहेको छ ।
नेपालमा हालसम्म को´रोना माहा´मारि को दोश्रो लहर उच्च तबरले बढी रहदा उपचारको लागि भिमसेनथापा गाउँपालिका वाड नं २ मा अस्थाई आइशोलेशन आफै निमार्ण गरिएको वडा अध्यक्ष नारायण भट्टराईले बताउनु भयो ।
साथै, स्थानीय सरकारले जनतालाई को´रोनाबाट बचाउनलाई कुनै पनि कसर बाँकी नराखिने भट्टराईले जानकारी दिनुभयो ।
वडाबासीलाई स्वास्थ्यमा कुनै पनि समस्या परेमा सम्पर्कमा आउन उहाँले बताउनु भयो ।
उहाँले को´रोना सं´क्रमित बिरामीहरुको घर घरमा गएर स्वास्थ्य परिक्षण गर्दै हालसम्म वडाबासीको अबस्था सामान्य रहेको समेत जानकारी दिनुभयो ।
उक्त आइशोलेशन निमार्णमा वडा नं. २ का देश तथा बिदेशमा रहनुहुने वडाबासी, सिद्धकाली टोल बिकास संस्था र भिमसेन सरोकार समाजको सहकार्यमा निर्माण सम्पन्न भएको बताउनु भयो ।









































