गोरखा, २७ बैशाख २०७८ । को´रोना सं´क्रमितलाई नि:शुल्क एम्बुलेन्सको ब्यवस्था गरिएको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिकाले को´रोनाका कारण स्वास्थ्यमा स´मस्या भएमा स्वास्थ्य संस्था वा अस्पताल लैजानुपर्ने बिरामीलाई निशुल्क सेवा दिन सुरु गरेको हो ।
गाउँपालिका भित्र संक्रमितको संख्या बढ्दो रहेको र होम आईसोलेसनमा बसेकाहरुलाई जतिबेला पनि समस्या हुन सक्ने भएकाले नि:शुल्क एम्बुलेन्स सेवा दिइएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनुभयो ।









































