काठमाडौँ, २ बैशाख २०७७ । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति नै अधिवेशनको अन्त्य गरेका हुन् ।
बुधबार राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकीलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार ढल्ने सम्भावना बढेको थियो ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कदमलाई गण्डकी सरकारले साथ दिएको भन्दै मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेका थिए ।
नयाँ सरकार बनाउँदा मुख्यमन्त्री जेपाली कांग्रेसले लिनेसमेत सहमति जुटेको थियो । तर, मध्यरातमा मुख्यमन्त्री गुरुङकै सिफारिसमा प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका छन् ।
गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । जसमा एमालेको २८ जना सांसद छन् । एमालेभित्र पनि ओली र नेपाल पक्षबीच विवाद जारी छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्। प्रदेशसभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ ।
पत्रः










































