Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२५:४१ बिहान
- ADVERTISEMENT -

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति: २०७८ वैशाख १, बुधबार

584
Shares

वीरगञ्ज, १ बैशाख २०७७ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मंगलबार विहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा निवासी ३७ वर्षीय युवक र वीरगञ्ज महानगरपालिका नम्बर ३ छपकैया निवासी ६२ वर्षीय पुरुष रहेका छन् ।

ज्वरो र रुघाखोकीले ग्रस्त भएपछि चैत २६ मा वीरगञ्जको एड्भान्स मेडिकेयर हस्पिटल भर्ना भई उपचाररत ती युवकलाई ३० गते कोरोना पुष्टि भएपछि चैत ३० को मध्यराति नारायणी अस्पताल लगिएको थियो । उनी होलीको दुई दिनअघि भारतको हैदराबादबाट घर फर्किएका थिए ।

अर्का मृत्यु भएका पुरुष कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि आइतबार अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरजकुमार सिंहका अनुसार कोरोना संक्रमितमा निमोनियाबाहेक कडा खालको झाडापखालासमेत देखिएको छ । वीरगञ्जका अधिकांश अस्पतालहरु कोरोनाको लक्षण रहेका बिरामीले भरिएकाले जोखिम बढेको उहाँले दाबी गर्नुभयो ।

पर्साका कोरोना संक्रमित मध्ये एकजनाको सोमबार भरतपुरमा मृत्यु भएको थियो । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ का ५५ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

नर्सिङ क्याम्पसका २२ जना विद्यार्थी र कर्मचारीमा पनि संक्रमण

वीरगञ्जस्थित नारायणी अस्पतालमा साँझ आएको रिपोर्ट अनुसार पर्सामा ४० जनामा कोरोना संक्रमण देखिएको छ । ९५ जनाको नमूना स्वाब नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा पर्साका ३७ र बाराका तीन जना गरी ४० जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।

वीरगञ्ज नर्सिङ क्याम्पसका मात्रै अहिलेसम्म २२ जनालाई संक्रमण पुष्टि भएको छ । यसअघि ३४ जनाको परीक्षण गर्दा १७ जना संक्रमित मध्ये नर्सिङ क्याम्पसका दुई जनामा संक्रमण भेटिएको थियो । त्यस्तै, ६० जनाको परीक्षण गर्दा २८ जना संक्रमित मध्ये वीरगञ्ज नर्सिङ क्याम्पसका पाँच जनामा संक्रमण देखिएको थियो ।

हिजो सोमबार गरिएको ९५ जनाको पीसीआर परीक्षण गर्दा भेटिएका ४० जना संक्रमितमा वीरगञ्ज नर्सिङ क्याम्पसका १३ जनामा संक्रमण पुष्टि भएको हो । यसरी तीन पटक आएको परीक्षण रिपोर्ट अनुसार वीरगञ्ज नर्सिङ कलेजको मात्रै २२ जना संक्रमित भएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -