गोरखा, २० चैत्र २०७७ । गोरखाको पालुङ्टार नगरपालिकाको शहरोन्मुख क्षेत्र वडा नं. १ देखि वडा नं. ६ सम्मको क्षेत्रमा ६२ करोड रुपैयाँको वृहत खानेपानी आयोजना सञ्चालन हुने भएको छ ।
संघीय सरकारले नगरपालिकासंगको साझेदारीमा छ वटा वडाका घरधुरीमा वृहत खानेपानी आयोजना सञ्चालन गर्न लागेको हो ।
सो आयोजना सञ्चालनका लागि साझेदारी गर्ने प्रस्ताव नगरपालिकाको हिउँदे सभाले अनुमोदन गरेको छ ।
हिउँदे सभा अन्तर्गतको बुधबारको बैठकले ६२ करोडको एक प्रतिशत रकम नगरपालिकाले योगदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।









































