Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०१:२९ बिहान
- ADVERTISEMENT -

विराटनगरस्थित डाइनामिक एजुकेशन कम्प्लेक्समा छापा

प्रकाशित मिति: २०७७ चैत १८, बुधबार

471
Shares

विराटनगर, १८ चैत्र २०७७ । राजस्व अनुसन्धान इटहरी कार्यालयले विराटनगरस्थित डाइनामिक एजुकेशन कम्प्लेक्स मोरङ प्रा.लि. मा छापा हानेको छ ।

राजस्व छलेर कारोबार गरेको देखिएपछि डाइनामिकमा छापा हानेर कागजात, कम्प्युटरको स्टोर डिभाइस नियन्त्रणमा लिइएको हो । राजस्व अनुसन्धान इकाइ कार्यालय इटहरीका प्रमुख दीपक खड्काका अनुसार कारोबार गर्दा राजस्व चुहावट देखिएपछि कम्पनिमा छापा हानेर आवश्यक कागजात नियन्त्रणमा लिइएको छ ।

शैक्षिक परामर्शसँग सम्बन्धित काम गर्दै आएको डाइनामिकले आर्थिक वर्ष २०७६/२०७७ मा आन्तरिक राजस्वमा बुझाएको कर विवरणसँग उनले गरेको कारोबार मिलेको छ । आन्तरिक राजस्वमा ५० लाख आसपासको कारोबार विवरण पेश गरेर त्यहि वर्ष ९३ लाख रुपियाँको जग्गा खरिद गरिएको देखिएको थियो ।

बिलबिजक जारी गरिएको देखिएन, राजस्व एकाइका प्रमुख खड्काले भन्नुभयो–अनुसन्धान गरेर ऐन अनुसार मुद्दा दर्ताको प्रक्रियामा जान्छौं । उहाँले अनुसन्धान र बिगो गणना गर्ने प्रक्रियाका लागि आवश्यक कागजात खोजी गर्न सुरु गरिएको जानकारी दिनुभयो ।

शैक्षिक परामर्शसँग सम्बन्धित काम गर्ने संस्थाका प्रमुख प्रमोद स्वर्णकारले विद्यार्थीबाट असुल गरेको चार करोड बढी रकम आफ्नै व्यक्तिगत नाममा रहेको बैंक खातामा जम्मा गर्ने गरेको समेत पाइएको छ । राजश्वले छापा मारेसँगै कम्पनीको नाममा जम्मा गर्नुपर्ने रकम व्यक्तिको नाममा जम्मा गर्ने गरेको देखिएकोले अनुसन्धानमा थप निकायसमेत सक्रिय हुनसक्ने देखिएको छ । एउटै आर्थिक वर्षमा आन्तरिक राजस्वमा बुझाएको कारोबार विवरणसँग अन्य क्षेत्रमा गरेको कारोबार नमिल्ने र कम्पनिको नाममा दाखिला गर्नुपर्ने रकम व्यक्तिगत बैंक खातामा दाखिला गरेको ठहरीएमा अनुसन्धानसँग सम्बन्धित अन्य निकायले समेत चासो राख्नसक्ने सम्भावना देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -