Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०१:४३ दिउँसो
- ADVERTISEMENT -

कैलालीमा आंशिक निषेधाज्ञा, भारतबाट फर्किने बढे

प्रकाशित मिति: २०७७ चैत ११, बुधबार

365
Shares

धनगढी, बुधबार, ११ चैत्र २०७७ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कैलालीमा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले विज्ञप्ति जारी गर्दै कैलाली जिल्लाभर होलीमा भिडभाड रोक लगाइएको हो । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आदेश जारी गरेका छन् । यस्तै बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिइएको छ । भारतसँग सीमा जोडिएकाले भारतबाट आउने नागरिकको एन्टिजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ । कोभिड १९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालन आएका क्वारेन्टाइन, आइसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्र सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत थालिएको छ । आदेशको अवज्ञा गरे कारवाही हुने कैलाली प्रशासनले जनाएको छ ।

भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका हुँदै कैलाली प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । वछिल्लो ४÷५ दिनमा गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले ११ जनामा संक्रमण देखिएको पुष्टि गर्नुभयो । भारतबाट फर्किरहेका नेपालीमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको छ । आज जिल्ला प्रशासन कार्यालय कैलालीले आदेश जारी गर्ने तयारी पनि गरेको छ । भारतका विभिन्न राज्यमा कोभिड संक्रमण बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ ।

रोजगारीका लागि भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेपछि कैलाली मात्र नभएर सुदूरपश्चिममा नै पुनः कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । फर्किने सबैको नाकामा स्वास्थ्य परीक्षण हुन सकेको छैन । कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट अहिले दैनिक करिब एक हजारजना नेपाली भित्रिरहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमरबहादुर थापाले बताउनु भयो । नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको भए पनि भारतबाट फर्कने सबैको ज्वरो नाप्ने र कोरोनाका लक्षणहरूबारे बुझ्ने काम भएको छैन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका चारवटा नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गर्न सम्बन्धित स्वास्थ्य कार्यालयहरूलाई परिपत्र गरेको छ । कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएको हेल्थ डेस्कमार्फत एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -