गोरखा, शुक्रबार, ६ चैत २०७७ । गोरखाको शहीद लखन गाउँपालिकामा ६५ दिने असिष्टेन्ट ब्युटीसियन तालिम उद्घाटन सहित तालिम संचालन गरिएको छ ।
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद गोरखा पोलिटेक्निक इन्ष्टिच्यूट पालुङटार गोरखाद्वारा सञ्चालित, शहिद लखन गाउँपालिका वडा नं ७ को समन्वयमा ६५ दिने तह-१ (३९० घण्टा) छोटो अवधिको असिष्टेन्ट ब्युटीशियन तालिमको आज शुक्रबार उद्घाटन गरिएको हो ।
असिष्टेन्ट ब्युटीसियन तालिमको उद्घाटन सत्रको कार्यक्रममा शहिद लखन गाउँपालिका वडा नं ७ का वडा-अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा,
शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाको प्रमुख आथित्यतामा, बिशेष अतिथि गोरखा बहुप्राबिधिक शिक्षालयका प्रमुख अर्जुन देवकोटा, अतिथिका रुपमा शहिद लखन गाउँपालिकाका वडा नं ८ का वडा अध्यक्ष काशिनाथ अंगाई, गोरखा बहुप्राबिधिक शिक्षालयका उप-प्रमुख कृण्ण बहादुर श्रेष्ठ, शहिद लखन गाउँपालिका वडा नं ७ की वडा सचिव अमृता सिग्देल, वडा नं ७ का वडा सदस्य गोपाल बहादुर श्रेष्ठ, वडा नं ८ का वडा सदस्य मिस्टर बाबु श्रेष्ठ, नेपाली काँग्रेस वडा-७ सचिव-प्रेम बहादुर श्रेष्ठ, नेकपा माओबादी केन्द्र-वडा-७ संयोजक गणेश लम्साल, ब्युटिशियन प्रशिक्षक तिलु थापा, मञ्जु गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
महिलाहरुलाई सिप सिकाएर स्वरोजगार बनाउने उदेश्यले उक्त तालिम संचालन गरिएको आयोजकले जनाएको छ । उक्त तालिममा शहिद लखन गाउँपालिका वडा नं ७ र ८ का गरी जम्मा २० जना तालिममा सहभागीता जनाएका छन ।









































