Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:५४:०४ बिहान
- ADVERTISEMENT -

नेपाल–अंग्रेज युद्धको झल्को दिने ऐतिहासिक वस्तु राखिने

प्रकाशित मिति: २०७७ चैत ४, बुधबार

594
Shares

बुटवल, बुधबार, ४ चैत्र २०७७ । नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाहरुले विजय प्राप्त गरेको जितगढी किल्ला रहेको बुटवलमा युद्ध संग्रहालय निर्माण सुरु भएको छ । ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी निर्माण हुने संग्रहालयमा तत्कालिन नेपाल–अंग्रेज युद्धको झल्को दिने ऐतिहासिक वस्तु र संरचनाहरु हुनेछन् ।

बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुधबार एक समारोहका बीच उक्त संग्रहालयको शिलान्यास गर्नुभयो । राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै संग्रहालय निर्माण गर्न लागिएको प्रमुख सुवेदीले बताउनुभयो । बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटन प्रवर्धन अन्तर्गतको एउटा प्रमुख अभियानका रुपमा संग्रहालयलाई अघि बढाईएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना तय भएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ । जस अन्तरर्गत युद्ध संग्रहालय पनि एक हो । यो संग्रहालय बुटवल वडा नं. १ को भैरव मन्दिर नजिकै रहेको करिब तीन कट्ठा जग्गामा बन्दैछ । संग्रहालय चार तलाको हुनेछ । पहिलो, दोस्रो, तेस्रो तलामा संग्रहालय र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरि क्याफे रहनेछ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरु राखिएको शोभिनियर सप रहनेछ ।

करिब छ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो । निर्माणकार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता भएको थियो । उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बुटवलको पहिचान झल्काउनेदेखि बुद्धावलीको प्राचीन बटौली र हालको बृहद् बुटवलबारेमा जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएकोे बताउनुभयो । शिलान्यास समारोहमा नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, नेकपा एमालेका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी लगायतले संग्रहालय निर्माण बुटवलका लागि यौटा ऐतिहासिक काम हुने बताउनुभयो ।

निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इन्जिनियर प्रभाकर लामिछानेले तोकिएको समय अगावै निर्माण सक्नेगरि काम गरिने प्रतिबद्धता जनाउनुभयो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले निर्माणकार्यका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा उपमहानगरले कुनै कसुर बाँकी नराख्ने उल्लेख गर्नुभयो । वडा नं. १ का अध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदाय स्तरबाट सहयोग र सहकार्य रहने बताउँदै तोकिएको समयमै निर्माणकार्य सक्नुपर्ने चर्चा गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -