Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:०७ बिहान
- ADVERTISEMENT -

चीनको ग्रेटवालको झल्को दिने मिनीग्रेटवाल बन्दीपुरमा निर्माण

प्रकाशित मिति: २०७७ फागुन २८, शुक्रबार

974
Shares

तनहुँ, शुक्रबार, २८ फागुन २०७७ । विश्वकै प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी बन्दीपुरमा निर्माण भईरहेको मिनीग्रेटवालको लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ । ग्रेटवालको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख बजेट निकासी गरिदिएको छ । ठुलो रकम विनियोजन भएपछि पर्यटनले फड्को मार्ने विश्वास पर्यटन व्यवसायीको छ । रकम अभावले काम अघि बढाउन समस्या परिरहेको अवस्थामा सङ्घीय सरकारबाट प्राथमिकतामा परी वजेट निकासी भएपछि बन्दीपुरबासीहरुमा खुसी छाएको छ ।

मन्त्रालयले वजेटको व्यवस्था गरी ग्रेटवाल निर्माणका लागि साझेदारी गर्ने भएपछि बन्दीपुरका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका अनुसार ग्रेटवालको लागि रु चार करोड ५५ लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लागत साझेदारीमा सम्बन्धित स्थानीय तहले रु दुई करोड ४५ लाख व्यहोर्नुपर्ने गरी मन्त्रालयले सात करोड रुपियाँको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले गोरखापत्रलाई जानकारी दिनुभयो । रकम विनियोजन भएपछि निर्माण कार्य अघि बढाउन सहज भएको अध्यक्ष थापा बताउनुहुन्छ ।

सो रकम विनियोजन गरेसँगै ग्रेटवाल निर्माणले मूर्त रुप पाउने वातावरणको सृजना भएको गाउँपालिकाले जनाएको छ । तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङले वजेट निकासी भएको खबर अत्यन्त खुसी लागेको बताउनुभयो । ‘‘पर्यकटकीय दृष्टिले महत्वपूर्ण ठाउँ छनोटमा परेको छ यसले पर्यटन क्षेत्रमा फड्को मार्न मद्धत पु-याउँछ’’ अध्यक्ष गुरुङले भन्नुभयो । बन्दीपुर गाउँपालिकाको आर्थिक सहयोगमा ग्रेटवाल निर्माणको काम अगाडि बढाइएको थियो । पालिकासँग रकम थोरै भएकोले रकम माग गरिएको थियो । मणिमुकुन्दसेन पर्खाल (मिनीग्रेटवाल) नामाकरण गरिएको यो एक हजार एक सय मिटर लामो बनाईनेछ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडासम्म बनाइने छ । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताको कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण पछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट निकासा गरेकोमा अपुग हुने भएकोले मन्त्रालयमा माग भए अनुरुप बजेट प्राप्त भएको उपाध्यक्ष गुरुङ बताउनुहुन्छ ।

पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाईने अध्यक्ष थापा बताउनुहुन्छ । टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले रोजगार पाउने हुँदा दोहोरो फाईदा हुने विश्वासमा मिनी ग्रेटवाल निर्माण गत वर्षदेखि शुरु गरिएको अध्यक्ष थापा बताउनहुन्छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । गाउँपालिकाका अनुसार पदमार्ग निर्माण पछि स्थानीय युवालाई घोडा चलाउने तालिम प्रदान गरिने र पर्खाल वरपर पूmलबारी निर्माण गरिने छ ।

काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ । मिनी ग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आर्कषण हुने भएकोले बन्दीपुरमा पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताउनुभयो । मिनी ग्रेटवाल निमार्ण नौलो काम भएकोले आर्कषक लागेको स्थानीयहरुको भनाई छ ।

बन्दै गरको पर्खाल देख्दा आर्कषण र नेपालमै नयाँ प्रयोग गर्न लागेकोले नौलौ लागेको व्यास नगरपालिका–१० दुम्सी घर हुनु भएका शिक्षक श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो । मिनिग्रेट वालको सरकारले प्राथमिकता दिए ठुलो रकम विनियोजन गरेकोले स्थानीय पर्यटन व्यवसायीहरु उत्साहित भएको बन्दीपुर पर्यटन व्यवसायी समितिका सचिव वसन्त पौडेलले बताउनुभयो ।गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -