गोरखा, शनिबार, २२ फागुन २०७७ । गोरखाको शहिद लखन गाउँपालिकामा १ दिने नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ ।

शहिद लखन गाउँपालिका वडा नं ७ बुङकोटको समन्वयमा, लायन्स क्लब अफ आँबुखैरेनी सिटीको आयोजना तथा ओम बिराज डेण्टल केयर गोरखाको प्राबिधिक सहयोगमा बुङकोट स्वास्थ्य चौकीमा १ दिने नि:शुल्क दन्त शिविर सम्पन्न भएको हो । उक्त शिविरमा ८३ जना महिला २१ जना पुरुषले दन्त परिक्षण गराउनु भएको थियो ।

यस कार्यक्रम लायन्स क्लब अफ आँबुखैरेनी सिटीको अध्यक्ष शिब खनालको अध्यक्षतामा भएको स्वास्थ्य शिबिर कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापाको प्रमुख आतिथ्यतामा,बिशेष अतिथि उपाध्यक्ष ईन्दिरा तिवारी, अतिथीहरुमा वडा-७ वडा अध्यक्ष शरण श्रेष्ठ, वडा-८ वडा अध्यक्ष काशिनाथ अंगाई, वडा ७/८ वडा सदस्यहरु, डा.ओसिन थापा, ओम बिराट डेण्टल केयर गोरखा सन्जय अधिकरी लगाएत ५ जना प्राबिधिक टिम, लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ B1 का रिजन चिअरप्रशन सुरेन्द्र कुमार श्रेष्ठ, राजनितीदलका प्रतिनिधि, बुङकोट स्वास्थ्य चौकीको स्वाथ्यक्रर्मी, लायन्स क्लबका पदाधिकारी एवम सदस्य, स्थानीय बासिन्दा, समाजसेबी, बुदिजिवीहरुको उपस्थिती रहेको थियो।










































