Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
२:२३:१३ दिउँसो
- ADVERTISEMENT -

चिडियाखाना बनाउन प्रदेश सरकारले दियो डेढ करोड रुपैयाँ

प्रकाशित मिति: २०७५ पुस ४, बुधबार

1402
Shares

पोखरा, ४ पौष २०७५ । पोखरा महोत्सवबाट सङ्कलित रकमको केही प्रतिशत छुट्याएर चिडियाखाना निर्माणमा जुटेको युनाइटेड क्लब पोखराको अभियानलाई सफल बनाउन गण्डकी प्रदेश सरकारका तर्फबाट रु एक करोड ५० लाख विनियोजन गरेको छ ।

चिडियाखानाको अहिलेसम्म वन्यजन्तु उद्धार केन्द्रका लागि भवनको निर्माण, खानेपानी जडान, बाटो निर्माण कार्य अगाडि बढेको छ भने मृगस्थली र बाघ राख्ने खोर निर्माण सम्पन्न भइसकेको छ ।

क्लबद्वारा अमरसिंह माविको खेलमैदानमा यही पुस २७ देखि माघ ८ गतेसम्म आयोजना हुने नवाैँ संस्करणको पोखरा महोत्सवको तयारी सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक शान्तबहादुर थापाले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार पोखराको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यकासाथ महानगर–३०, ३१ र ३२ मा पर्ने पचभैया, चापापानी चिसाकुना र चैनपुरको १३४ हेक्टर क्षेत्रफलमा मानव निर्मित खुल्ला चिडियाखाना निर्माण भइरहेको छ ।

चिडियाखाना निर्माणका लागि नेपाल सरकार, तत्कालीन लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका तथा क्लबको सहकार्यमा रु ४५ लाख ८५ हजारबराबरको भौतिक निर्माण गरिएको उहाँले बताउनुभयो । यस पटकको महोत्सवमा दर्शकलाई बसमार्फत चिडियाखाना अवलोकनको लागत लाने र ल्याउने समेत गर्ने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिनुभयो ।

‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारा रहेको क्लबले प्रत्येक वर्ष प्रतिप्रवेश टिकटमा रु एकका दरले छुट्याएर सेतीनदी संरक्षण एवम् शान्तिसुरक्षाका लागि पुलको दायाँबायाँ दुवै किनारामा सिसी क्यामेरासमेत जडान गरिएको उहाँ बताउनुहुन्छ ।

कला, संस्कृति, वेशभूषाको संरक्षण तथा शिक्षा, स्वास्थ्य, खेलकूद एवम् पर्यटनको विकाससँगै मुलुकको समृद्धिमा सहयोग पु¥याउँदै सूचना प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउनु महोत्सवको लक्ष्य रहेको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -