Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५७:१२ बिहान
- ADVERTISEMENT -

लमजुङमा जीप दुर्घटना : तीन जनाको घटनास्थलमा नै मृत्यु

प्रकाशित मिति: २०७७ माघ ३०, शुक्रबार

548
Shares

लमजुङ, शुक्रबार,३० माघ २०७७ । लमजुङको दोर्दी गाउँपालिका ६, सिमीगाउँ नजिकै जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रदेश ३–०१–०२२च १३८३ नं. को बोलेरो जिप बिहीबार साँझ सवा ५ बजेतिर माथिल्लो सिमी र ताँजे गाउँ जाने दोबाटो कट्ने वित्तिकै दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा सवार तीन जना घाइते भएको र घाइतेमध्ये २ जना स्थानीय स्कुले बालिका रहेका छन् । जिप सडकबाट १२० मिटर तल लोंदोखोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दोर्दी गाउँपालिका ६, ताँजे गाउँ क्षेत्रमा निर्माणाधिन पिपुल्स हाइड्रोपावर कम्पनीद्धारा प्रवद्र्धित सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ बर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ बर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ बर्षीय किशोर राई रहेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार घाइते हुनेमा सुनसरी घर भई सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ मा कार्यरत इन्जिनियर इन्जिनियर ४० बर्षीय सुनिलकुमार साह, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ बर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ बर्षीया सुसना विक रहेका छन् ।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बेंसीसहर ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे अध्ययन अनुसन्धान तथता मुचुल्काको लागि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी नेतृत्वको प्रहरी टोली घटनास्थल खटाइएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

घटनास्थलमा नौथर प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक अजय गुप्तासहितको प्रहरी टोली र स्थानीयले मृतक र घाइतेको उद्दार गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -