गोरखा, के पी भट्ट, ११ माघ २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका-३ मा रहेको नवज्योति माध्यामिक विधालयको ३५ औ बार्षिक उत्सव समारोह एक समारोहका बीच सम्पन्न भएको छ ।
बिधालय व्यस्थापन समितिका अध्यक्ष रत्न प्रसाद पुडासैनीको सभापतित्वमा, जिल्ला शिक्षा प्रमुख खेम राज पौडेलको प्रमुख आथित्यतामा, सामाजिक विकास समितिका संयोजक नारायण भट्टराईको विशिष्ट आथित्यतामा, छिमेकी विधालयका प्रधानाध्यापक, भिमोदय माघ्यामिक बिधालय का प्र अ मन प्रसाद बन्जरा, भिमसेन थापा गाउँपालिकाका वडा ३ अध्यक्ष लिलानाथ लामिछाने, पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेबी, स्थानीय बासिन्दा लगायत अन्य महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा बिधालयको शैक्षिक, आर्थिक र भौतिक गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।
बिधालयमा एक वर्षभरि भएका गतिविधि, उन्नती प्रगति विवरण, विभिन्न कार्यहरुका बारेमा विधालयका प्रधानाध्यापक ठाकुर लामिछानेले प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । अन्तर सदानात्मक रचनात्मक विभिन्न कार्यक्रम गर्नुको साथै प्रतियोगितामा विजय हुने विधार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विभिन्न दाताबाट प्राप्त भएको पुरस्कार पनि बिधार्थीलाई वितरण गरिएको शिक्षिका गिता सिम्खडाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला शिक्षा अधिकारी खेम राज पौडेलले शिक्षा आजको प्रमुख आवश्यकता हो, आजको अवस्थामा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।









































