गोरखा, शनिबार, १० माघ २०७७ । आज शनिबार बन्दका कारण गोरखाको जनजीवन प्रभावित बनेको छ ।
बिप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण गोरखाको जनजीवन प्रभावित बनेको हो । गोरखामा सुरक्षाकर्मी परिचालन बढाइएको छ ।
राज्यले झुटा मुद्धा लगाएर आफ्ना नेता कार्यकर्तालाई गिरफ्तारी गरेको बिरोधमा बन्द आयोजना गरिएको बिप्लप नेतृत्वका एक नेताले बताए ।









































