Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०९:२७ बिहान
- ADVERTISEMENT -

दुर्घटना न्युनीकरणका लागि पृथ्वीराजमार्गमा प्रहरीको सचेतना अभियान

प्रकाशित मिति: २०७७ माघ १, बिहीबार

483
Shares

धादिङ, बिहिबार, १ माघ २०७७ । दुर्घटना न्युनीकरणका लागि पृथ्वीराजमार्गमा प्रहरीले विशेष सचेतना अभियान सुरु गरेको छ । सवारी दुर्घटना बढी हुने राजमार्गका रुपमा परिचित पृथ्वीराजमार्गलाई लक्षित गरी जिल्ला ट्राफिक कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीले संयुक्त रुपमा सचेतना अभियान सुरु गरेका हुन् ।

दुर्घटना वृद्धि हुँदै गइरहेकोले सवारी दुर्घटना न्युनीकरणका लागि इलाका प्रहरी कार्यालय गजुरीले दुर्घटना न्युनीकरण सचेतना अभियान सुरु गरेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय गजुरीले दुर्घटना न्युनीकरणका लागि धादिङको बेनिघाट, गजुरी, मलेखुबाट अभियानको सुरुवात गरेको र अगामी दिनमा पनि यसलाई निरन्तरता दिने इलाका प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड़काले जानकारी दिए ।

सवारी दुर्घटनाका अधिकांश घटनामा मोटरसाइकलहरु नै जोडिने गरेको र मोटरसाइकल चालकहरुले सडक सुरक्षालाई ध्यान नदिई चलाउने गरेको पाइएकोले मोटरसाइकल चालकहरुलाई सवारी दुर्घटनासम्बन्धी सचेतना अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुर्दशनदेव जोशीले बताए ।

साथै, दुर्घटना रोक्न चालक अनुशासित हुनुपर्नेमा इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जोड दिए ।

पृथ्वीराजमार्गमा हुने ९० प्रतिशत दुर्घटना मोटरसाइकलको लापरवाहिले गर्दा बढेको प्रहरीले जनाएको छ । सोही कारण मोटरसाइकल चालकलाई लक्षित गरी सचेतना अभियान गरिएको हो । दुर्घटना न्युनीकरणका लािग चालक, सहचालक, पैदल यात्रु र यात्रुहरुले पनि ध्यान दिनुपर्ने प्रहरीको भनाइ छ । सवारी दुर्घटनाका कारण वर्षेनी ठूलो जनधनको क्षति हने गरेको छ भने कैयनले अंगभंग भएर अपाहिज जीवन बाँच्नु परेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -