Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०४:२८ बिहान
- ADVERTISEMENT -

त्रिशूली नदीमा पुल निर्माणपछि सडकको काममा विवाद

प्रकाशित मिति: २०७७ पुस २१, मंगलबार

567
Shares

धादिङ, २१ पुस २०७७ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि धादिङ जिल्लाका १३ वटै स्थानीय तहहरूमा विकास निर्माण कार्यले प्राथमिकता पाएको छ ।

भूकम्पपछि क्षतिग्रस्त भएका जिल्लाका अधिकांश स्थानीय तहहरूमा अहिले विकास निर्माण कार्यले तीव्रता पाएको हो । धादिङ जिल्लाका विकास निर्माण कार्यमा जिल्लाबाट निर्वाचित सांसद, नेता, तथा स्थानीय जनप्रतिनिधिले विशेष पहल गरेपछि विकास निर्माण कार्यले नयाँ मोड लिएको छ ।

जिल्लाको विकासका कार्यमा कुनै राजनीतिक दलहरूको आडमा काम तथा अवरोध गर्न नहुने र गरिबी पीडितहरूलाई अन्याय गर्न नहुने भन्ने राजनीतक दलहरूको अभियानहरू अहिले कुरामा मात्र सिमित भएको छ । जसको बिहान बेलुकी खाना लगाउन धौ–धौ पर्छ उसकै निम्ती समाज लगाय अन्य व्यक्तिहरूबाट समेत अन्याय गरेको पाइने गरेको छ । यस्तै धादिङको पुरानो सदरमुकाम सुनौलाबजार फोस्रेटार सडक खण्डको फोस्रेटार केउरेनी जोड्ने त्रिशूली नदीको पुलको निर्माण गर्दा सडक बनाउने कार्यमा विवाद उत्पन्न भएको छ ।

पक्की तथा ग्रामीण सडक निर्माण कताबाट गर्दा सहज हुन्छ भनी टुंगो नलगाई पुल निर्माण गर्दा अहिले सडक बनाउने विषयमा जग्गावाल बीच विवाद भएको हो । धादिङको गल्छी गाउँपालिका र नुवाकोट जिल्लाको बेलकोटगढी जोड्ने पुल ३० महिनाअघि पुरा गर्नुपर्ने भएता पनि जग्गा लगायत अन्य विभिन्न कार्यमा विवाद भएपछि सडक बनाउने कार्य रोकिएको छ । उक्त पुलबाट धादिङतर्फको नीलकण्ठ र नुवाकोटतर्फको तारकेश्वर गाउँपालिकाका नागरिकहरूले आवतजावत गर्न सहज हुने र यातायातका साधनहरूबाट सेवा सुविधा पाउने स्थानीहरूको भनाइ छ । राजनीतिक दल र केही व्यक्तिहरूको स्वार्थको फाइदाका लागि पुलबाट सडक घुमाउन लागेपछि सडक बनाउने कार्यमा विवाद भएको जग्गावालाहरूको भनाइ छ ।

पुलको सीधा बाटोबाट सडक बनाउँदा पाँच सय मिटर दुरी कम हुने हुँदा सडक घुमाएर बनाउँदा गरिबीहरूलाई उठीबास लगाउन खोजेको जग्गावालाको भनाइ छ । ‘करिब १२ वर्षअघि साढे दुई आना जग्गा एक लाख ४४ हजारमा किनेको छु । अहिले विकल्प हुँदा हुँदै मेरो जग्गा नै सक्ने गरी सडक बनाउन खोजेकाले जग्गा दिन्न भनेको हुँ’, तिलक गैरेले बताउनुभयो । पुलको डीपीआर बनाउँदा हामीलाई जानकारी नदिई हामी तीन जनालाई उठीवास लगाउन खोजेकाले हामीले अवरोध गरेका हौं । पुलबाट सीधा सडक बनाउँदा करोडभन्दा बढी खर्च कम हुन्छ । यात्रुलाई दूरी छोटो हन्छ बासु खतिवडाले बताउनुभयो ।

सडकको डीपीआर बनाउँदा प्रारम्भिक वातावरणीय परीक्षण गर्दा किटान भएको भएर त्यताबाट सडक बनाउनु परेको हो । विवाद लम्बिरहे प्रहरी प्रशासन लगाएर भए पनि सडक बनाउनुपर्ने डिभिजन सडक विभाग भरतपुरका इन्जिनियर कृष्णबहादुर खड्काले बताउनुभयो । पुल निर्माण तोकिएको समयमा नसक्नुको कारण भूकम्प, नाकाबन्दी र कोभिड–१९ भएको सहजै स्वीकार गरेका छन् । त्रिशूली नदीमाथि १९२ मिटर लामो प्रिस्ट्रेस (आरसीसी) पुल निर्माण गर्न २०७१ असार ३१ गते सपना, हिम्डुङ एण्ड थोकर र नार्गजुन कन्स्ट्रक्सन जेभिले १५ करोड ११ लाख ३५ हजार ५ सय ६४ रुपयाँमा सम्झौता गरेको थियो । निर्माण कम्पनीले तीन वर्षभित्र २०७४ असार ३० सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि नसकेका कारण पटक–पटक म्याद थप गर्दै २०७७ चैत मसान्तसम्म पु¥याएको छ ।

यो पुल सम्पन्न भएका र सडक कालोपत्र गरेमा गोरखा उत्तरी धादिङ र नुवाकोटको तार्केश्वर र बेलकोटगढीका मानिसहरू गल्छी हुँदै लामिडाँडाको डाँडाडाँडै सीतापाइला निस्कन सक्नेछन् । धादिबेंसीदेखि गल्छीचोकसम्म ३६ किलोमिटरमा रहेको सडकको स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -