काठमाडाैं, ७ पुस २०७७ । स्पाइन कर्ड इन्जुरी अपाङगता भएका भाइब्रेसन मेट्रीक्स बेड प्रदान गरिएको छ ।
सुदृढ नर्प (युकेआइडी) बुटवलको परियोजना संयोजक बेबि शाहको समन्वयमा बुटवल उपमहानगरपालिकाको सहकार्यमा, लायन्स क्लब काटमाडाैं-शुभ र लायन्स क्लब सायाको आर्थिक सहयोगमा स्पाइन कर्ड इन्जुरी अपाङगता भएका २५ जनालाई भाइब्रेसन मेट्रीक्स बेड प्रदान गरिएको हो ।

देवदह नगरपालिकाका ३, तोलोत्तमा नगरपालिकाका ३ र बुटवल उपमहानगरपालिकाका १९ गरी जम्मा २५ जनालाई अपाङ्गता सहायता सामाग्री भाइब्रेसन मेट्रीक्स बेड उपलब्ध गराइएको लायन्स क्लब सायाकी अध्यक्ष सपना पाण्डेले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि शर्मा, लुम्बिनी प्रदेशको अपाङ्गता महासंघ सदस्य साबित्रा घिमिरे लगायत अन्य महानुभावको उपस्थिति रहेको थियो ।









































