Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:४७:१२ बिहान
- ADVERTISEMENT -

लमजुङ्गमा बेंसिशहर खानेपानी आयोजना सम्पन्न हुँदै, आयोजनाको उद्घाटन गर्ने तयारी

प्रकाशित मिति: २०७७ पुस १, बुधबार

610
Shares

लमजुङ, बुधबार, १ पौष २०७७ । लमजुङ जिल्लाको बेंसिशहर बजार क्षेत्रलाई लक्षित गरी निर्माण कार्य अघि बढाईएको खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ ।

खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत सकिएको जनाएको छ ।

आयोजनाको ईन्जिनियर आशिष शर्माले बेंसिशहर सहलगानी खानेपानी आयोजनाको काम अबको एक महिनाभित्र पूर्ण रुपमा सम्पन्न हुने बताउनुभयो ।

भाचोक खोलाको पानीलाई प्रशोधन गरी बेंसिशहर बजारसम्म पाईपलाईन मार्फत वितरण गर्ने योजना अनुसार उक्त आयोजनाको काम सुरु गरिएको हो ।

‘आयोजनाका मुख्य मुख्य कामहरु सबै सकिएको छ ।’ ईन्जिनियर शर्माले भन्नुभयो, ‘बजार क्षेत्रमा पाईप लाईन बिछ्याउँदा बिग्रिएको बाटो कालोपत्रे (पिच) हुने कार्य भईरहेको छ ।

पानी ट्यांकी र ट्रिटमेन्ट प्लान्टको निर्माण यसअघि नै सकिसकेको छ ।’ यस आयोजनाबाट २७ सय घरधुरीमा २४ सै घण्टा खानेपानी वितरण गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो ।

उक्त आयोजना अन्तर्गत ५ लाख लिटर, ३ लाख लिटर र १ लाख लिटर क्षमताका तीन वटा पानी ट्यांकीको निर्माण सम्पन्न भईसकेको आयोजना कार्यालयले जनाएको छ ।

बेसिशहर नगर क्षेत्रभित्र बसोबास गर्ने करिब ४० हजार जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका आयोजना प्रमुख देवेन्द्र झाले बताउनुभयो ।

बेसिशहर नगरपालिका वडा नम्बर ७, ८, ९ र १० का जनतालाई खानेपानी पु-याउने योजना सहित तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजना प्रमुख झाले जानकारी दिनुभयो ।

झाले खानेपानी मन्त्री बिना मगरज्यूबाट आयोजनाको उद्घाटन गर्ने योजना रहेको सुनाउनु भयो । यो आयोजना निर्माणमा हालसम्म करिब १८ करोड खर्च भईसकेको छ ।

नेपाल सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा सञ्चालित उक्त आयोजना सम्पन्न भएपछि बेंसिशहरबासीलाई २० वर्षसम्मका लागि खानेपानीको समस्या नहुने उपभोक्ता समितिको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -