Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:१४:१५ बिहान
- ADVERTISEMENT -

सरकारविरुद्ध गोरखा सदरमुकाममा वृहत शान्तिपुर्ण प्रदर्शन

प्रकाशित मिति: २०७७ मंसिर २९, सोमबार

2264
Shares

गोरखा, २९ मंसिर २०७७ । सरकारविरुद्ध गोरखा सदरमुकाममा वृहत शान्तिपुर्ण प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट जूलूस नाराबाजी सहित सुरु भएको थियो ।

नेपाली कांग्रेस केन्द्रिय सदस्य प्रमुख अतिथि टि एन योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सरकारले हत्या, हिंसा, बलात्कार, भष्ट्राचार जस्ता जघन्य अपराधको न्यूनिकरण गर्न नसकेको आरोप लगाउनु भयो ।

केन्द्रिय सदस्य चीन काजी श्रेष्ठ, गोरखा कांग्रेस सभापती हरि घले लगायतले सम्बोधन गर्नु भएको थियो ।

विभिन्न पालिकाबाट, ने बि संघ, तरुण दलसहित गोरखा कांग्रेसले आज गोरखा सदरमुकाममा बृहत प्रदर्शन गरेको हो । ७७ जिल्लामा नै पुर्ब निर्धारण गरिएको तालिका अनुसार गाउँ गाउँबाट प्रदर्शनका लागि ठुलो संख्यामा नेता कार्यकर्ता सदरमुकाममा वृहत शान्तिपुर्ण प्रदर्शन गरेका हुन ।

पुल उद्घाटन गर्न जाँदा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार भएको घटनापछि कांग्रेस कार्यकर्ता एकाएक तातिएर सडक प्रदर्शनमा उत्रिएका थिए । कार्यकर्ता आफैँ सडकमा उत्रिएपछि लगत्तै बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले देशभर एकैसाथ, एउटै नाराका साथ आज सोमबार सरकारका विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम बनाएको हो ।

कांग्रेसले पौडेलमाथि दुव्र्यवहारसहित सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ मुद्दा देखाएर सदरमुकाम गोरखामा विरोध प्रदर्शन गरेको हो ।

सरकारविरुद्ध गोरखा सदरमुकाममा वृहत शान्तिपुर्ण प्रदर्शनको गोरखा कांग्रेस सचिब नन्द प्रसाद न्यौपानेले कार्यक्रम संचालन गर्नु भएको थियो ।

सरकारविरुद्ध गोरखा सदरमुकाममा वृहत शान्तिपुर्ण प्रदर्शन हरमटारीमा पुगेर कोण सभामा परिणत भएको थियो ।

बिरोध सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले सरकार निरङकुश भएकाले तत्काल हटाउनुपर्ने धारणा सहित ‘कार्यपालिका, न्यापालिका सबै संवैधानिक निकाय प्रधानमन्त्रीले आफ्नो मातहत लिएका छन’ केन्द्रिय सदस्य श्रेष्ठले भने ‘आफ्ना मान्छेलाई जोगाउने, सरकारको गलत कामको टिका टिप्पणी गर्नेलाई सिध्याउने गरिएको छ ।’

‘जनताले चाहेको जस्तो अधिकार दिन सरकार असफल भयो’ उनले भने ‘सरकार सँग जनता आक्रोशित छन्, नागरिकलाई समृद्धी दिन सरकारले सकेन ।’ कार्यक्रममा कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेले सरकार बिरुद्ध लड्न र नागरिकको आश्यकताका लागि कांग्रेस भित्र सबै एक हुनुपर्ने धारणा राखे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -