Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३४:४७ बिहान
- ADVERTISEMENT -

बीम अनिवार्य गर्दै भिजिट भिषामा कडाइ गरिने

प्रकाशित मिति: २०७७ मंसिर २५, बिहीबार

660
Shares

काठमाडौं, बिहिबार, २५ मङ्सिर २०७७ । सरकारले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधन सहित केही नयाँ नियम थप गरेर कडाई गर्ने गृहकार्य अगाडि बढाएको छ । अध्यागमन विभागका महानिर्देशक रामकुमार केसीले पछिल्लो समय भिजिट भिसाको दुरुपयोग भएकोले यसलाई नियन्त्रण गर्न छलफल अगाडि बढाइएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेकोले यसलाई कसरी रोक्न सकिन्छ भनेर विभागले काम गरिरहेको उहाँले बताउनुभयो । भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार थप्ने गरी गृहकार्य भइरहेको विभागको भनाइ छ ।

कुनै संघ, संस्था वा व्यक्तिले दुरुपयोग गरेर लैजानेलाई पनि निगरानी बढाएर भागिदार बनाउने गरी विभाग छलफलमा जुटेको हो । घुम्न जाने व्यक्तिको बीमा अनिवार्य गरियो भने पनि कुनै प्रकोप आए वा अलपत्र परे केही बीमा बापत केही राहत मिल्ने अध्यागमन विभागको ठहर छ ।
पछिल्लो समय खाडी मुलुकको युएइमा भिजिट भिसामा गएर अर्को मुलुक जान खोज्ने अनि समस्यामा पर्ने जस्ता घटना देखा पर्ने गरेका छन् । सरकारले कोरोनाको कारण समस्यामा परी स्वदेशमा उद्वार गर्ने सबै भन्दा बढी नेपाली युएईबाट रहेको छ ।

घुम्न जाने नेपालीहरु अरुको प्रलोभनमा नपरी त्यहाँ गएर अलपत्र नपरुन भन्ने विभागको उद्देश्य रहेको महानिर्देशक केसी बताउनुहुन्छ ।
कामदार भिसामा पठाउँदा हाल कोरोनाको कारण प्रक्रिया लामो हुने भएकाले केही कम्पनीले पनि युएईमा भिजिट भिसामा पठाउने गरेको सूचना समेत आइरहेको विभागको भनाइ छ ।

त्यसैलाई मध्यनजर गरेर वैदेशिक रोजगार विभाग र अध्यागमन विभागले समन्वय गरेर वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, शैक्षिक परामर्श कम्पनीलगायतमा निगरानी बढाइएकाले भिजिटमा जानेकोे संख्या कम भएको अध्यागमन विभागका महानिर्देशक केसी बताउनुहुन्छ ।
भिजिट भिसामा विदेश जाने नेपालीको हकमा यूरोप र अमेरिकाको हकमा कुनै समस्या नरहेको विभागको ठहर । उक्त देशहरुले भिसा दिंदा नै उनीहरुको जिम्मेवार लिन्छन् कुनै विरामी वा कुनै समस्या परे जिम्मेवारी लिने गरेको उहाँ बताउनुहुन्छ ।

भिजिट भिसामा जानेहरु मध्ये बढी खाडी र मलेसिया मुलुकहरुमा समस्या आउने गरेको भन्दै उक्त देशहरुमा जानेहरुलाई कडाई गरिँदै आएको विभागको भनाइ छ । वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ भिजिट भिसाको दुरुपयोग गर्ने कुरा नयाँ नभएर विगतदेखि भइरहेको बताउनुहुन्छ । यसलाई रोक्न एक दुईवटा नियम बदलेर मात्रै भिजिट भिसाको दुरुपयोग नरोकिने उहाँको दाबी छ ।

उक्त दुरुपयोगलाई रोक्ने हो भने अनुगमन माथि पनि अनुगमन अर्थात् दोहोरो अनुगमन गर्न आवश्यक रहेको डा. गुरुङ बताउनुहुन्छ । एअरपोर्टमा सेटिङ मिलाउने र पठाउने व्यक्ति माथि निगरानी बढाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

नियम परिवर्तन गर्ने, एअरपोर्टमा सेटिङ नरोकिए कुनै औचित्य नरहने उहाँको भनाइ छ । खाडी र मलेसियामा भिजिट भिसामा भनेर जाने त्यहाँ पुगेर वर्क परमिटमा काम गर्न नेपाली दूतावासको अनिवार्य स्वीकृति चाहिने भन्ने नियम बनाई दिए पनि दुरुपयोग कम हुने डा. गुरुङ बताउनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -