गोरखा, शनिबार, २० मङ्सिर २०७७ । गोरखा अस्पतालमा सुत्केरी र सुत्केरीका कुरुवाप्रति चिकित्सकले गरेको दुव्र्यबहारको नेपाल विद्यार्थी संघ, गोरखाले बिरोध जनाएको छ ।
सुत्केरी गोरखा नगरपालिका ३ की सृष्टि बानियाँ कुँबर र उनका श्रीमान देवेन्द्रजंग कुँबरप्रति अस्पतालका चिकित्सक सन्दीप श्रेष्ठले दुव्र्यबहार गरेको भन्दै नेविसंघले आज शनिबार एक विज्ञप्ति जारी गर्दै बिरोध जनाएको छ ।
डाक्टर श्रेष्ठप्रति कडा कारबाहीको माग गरिनुका साथै कारबाही नगर्ने हो भने कडा आन्दोलन गर्ने र त्यसको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने संघका अध्यक्ष सुवास अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।










































