Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३४:३० बिहान
- ADVERTISEMENT -

स्थापना दिवसको अवसरमा विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण

प्रकाशित मिति: २०७७ मंसिर १४, आइतबार

636
Shares

गण्डकी, आइतबार, १४ मङ्सिर २०७७ । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो नवौं स्थापना दिवसका अवसरमा विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै मनाएको छ ।

क्लबले शनिबार तनहुँको भिमाद नगरपालिका वडा नं २ टेक्रेस्थित वालविकास माध्यमिक विद्यालयमा सहयोग गर्दै स्थापना दिवस मनाएको हो ।

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतको क्लबले विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत २ सय ३ जना विद्यार्थीलाई ट्रयाकसुटका साथै स्टेशनरी र खेलकुदका सामग्री वितरण गरेको हो ।

क्लबले विगत केहि वर्ष यता स्थापना दिवस अनावश्यक खर्च गर्ने क्रमलाई परिवर्तन गर्दै विभिन्न सामाजिक काम गरी मनाउंदै आएको क्लबका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक टंकराज अधिकारीले जानकारी दिनुभयो ।

सोही अवसरमा बाबा फाउण्डेशन नेपालद्वारा उपलब्ध गराईएको स्टेशनरी सामग्री पनि वितरण गरिएको थियो । फाउण्डेशनले विगत पाँच बर्षदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउदै आएको छ ।

कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख मेखबहादुर थापाले फजुल खर्च गरी स्थापना दिवस मनाउनुभन्दा यस्ता कार्यका माध्यमबाट मनाउँदा सामाजिक योगदानका साथै अरुका लागि पनि अनुकरणीय बन्ने धारणा राख्नु भयो । नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमराज अचार्यले शिक्षाको गुणस्तरीयता अहिलेका आवश्यकता भएको बताउँदै त्यस तर्फ केन्द्रित बन्न विद्यालयलाई सुझाव दिनुभयो । संविधानले मौलिक हकका रुपमा शिक्षालाई उल्लेख गरेको चर्चा गर्दै उनले यसको प्रभावकारी कार्यान्वय हुनुपर्नेमा जोड दिनुभयो ।

क्लबले सामाजिक सेवाका क्षेत्रमा आँफूलाई अघि बढाइरहेको बताउँदै क्लबका अध्यक्ष रामप्रसाद अधिकारी र संस्थापक अध्यक्ष सुदीपराज ढुङ्गानाले विद्यालयमा यस अघि पुस्तकालय स्थापना लगायतमा पनि सहयोग गरेको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईमानसिंह थापा, प्रधानाध्यापक रामजी सिग्देल लगायतले व्यक्तिगत रूपमा सहयोग सङ्कलन गरी क्लबको नाममा विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराएकोमा क्लब परिवार र बाबा फाउण्डेशन नेपालप्रति आभार व्यक्त गर्नुभयो ।

सोही अवसरमा क्लबका संस्थापक अध्यक्ष ढुङ्गानाले क्लबका पूर्व अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक तथा अध्यक्ष लगायतलाई सम्मान गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -